Powered by Blogger.
अध्यक्ष थापाद्धारा गृह जिल्लाबाटै सक्रिय सदस्यता बितरण अभियान शुभारम्भ



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा–१८ हर्नामाडिमा आयोजित कार्यक्रममा सकृय सदस्य बन्नको निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरेका हुन् ।  

राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघन रुपमा देशब्यापी सकृय सदस्यता बितरण अभियान संचालन गरेको छ ।

महाधिवेशनमा महिला,मधेसी ,सिमान्तकृत, दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको समेत सो अबसरमा जनाईएको छ ।  

कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे । 

मुलुकको बिकास र समृद्धिको निमित्त राप्रपासंग स्पष्ट खाका भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा भएको समेत दाबी गरे । 

कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले मकवानपुरको बिकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्त्वपूर्ण भुमिका र योगदानको कदर गर्नुपर्ने आबश्यकता औल्याए । 

सो अबसरमा अध्यक्ष थापासङ्गै सकृय सदस्यताको लागि नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, प्रलिता थापा, नबराज बिष्ट, रामहरि न्यौपाने, शिव रिजाल, गुरु सापकोटा लगायतले सकृय सदस्यता फारम बुझाएका थिए । 

देशभर ३ लाख सकृय सदस्य बनाउने लक्ष्यका साथ अभियान शुरु गरिएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपाको  महाधिवेशन आगामी बैशाखमा तोकिएको छ ।


0 comments

Write Down Your Responses