Powered by Blogger.
बागमतीमा हजुरको खबर डटकमको शाखा कार्यालय उद्घाटन


 

मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा हजुरको खबर डटकमको शाखा कार्यालय उद्घाटन गरिएको छ ।  एक भव्य कार्यक्रमको आयोजना गरि राष्ट्रिय सभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो । 

अनलाइन न्युज पोर्टलको औपचारिक सुभारम्भ सहित कार्यालयको उद्घाटन गर्दै सभापती बिडारीले शोषितपीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख अतिथी रहनुभएका उहाँले  सञ्चारकर्मीहरुले खोजमुलक समाचार  कम प्रकाशन गर्ने हुँदा  अबको दिनमा खोजमुलक विषयमा केन्द्रित हुनपर्ने भनाई राख्नुभयो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका  बिडारीले  ‘स्थानीयको विकास र समृद्धिमा सञ्चारको भूमिका र अबको दायित्व’ विषयक अन्तरक्रियामा समाजको लागि आबश्यकता महसुस हुने खालका विषयबस्तु उठान गर्ने तर्फ पत्रकार तथा सञ्चारकर्मीको ध्यान जानुपर्ने मा जोड दिनु भयो । पत्रकारिता पेसा संबेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्वप्रति भएर कलम चलाउनको लागि सुझाव दिनु भयो । 

कसैको चरित्र हत्या, बद्नामी र प्रमाणित नहुने समाचारहरुले धेरै स्थान पाईरहेको भन्दै यसलाई भन्दा पनि अपराधिक, भष्ट्रचारविरुद्धको समाचार संकलन गर्नको लागि आग्रह समेत गर्नु भयो ।


पछिल्लो विकसित राजनीतिक सन्दर्भमा सभापति बिडारीले आगामी बैशाखमा चुनाव नहुने दाबी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा कुनै हालतमा चुनाव नहुने दाबी उहाँको थियो  । उहाँले भन्नुभयो, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो ।’ सुरुङ्ग भित्र जान नदिनकोलागी छलफल गरिरहेको छौं ।’ 

प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गर्नु राजनीति अन्यौलता र अस्थिरता निम्त्याउनु हो,’ उहाले भन्नु भयो , ‘प्रधानमन्त्री ओलीको पछिल्लो कदमले प्राप्त भएको संबिधान निष्क्रिय हुने निश्चित छ ।’ उहाले  संसद विघटन गर्न मिल्ने कानुन नै नभएको भन्दै यो बेठीक भएको बताउनु भयो । 


 हजुरको मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रमुख रुपक कालिराजको सभाध्यक्षतामा कार्यक्रम प्रमुख कालिराजल राज्यको चौथा अंगको हैसियतले आम–संचारका सिद्धान्तहरु प्रति प्रतिबद्धताका साथ स्वतन्त्र, निष्पक्ष, तटस्थ भई नेपालको संबिधानद्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै राज्य र समाजप्रति कर्तव्यनिष्ठ एवं उत्तरदायी भएर जनतालाई सुसुचित गर्ने उदेश्यले अनलाईन खोलेको बताउनु भयो । 

धेरै अनलाईन शहर केन्द्रित भईरहँदा गाउँका विषयहरु ओझेलमा परेको भन्दै गाउँ केन्द्रित गर्न खोजेको कालिराजको भनाई रहेको थियो । उहाँले सामाजिक न्याय तथा दायित्व र सद्भावना कायम राख्दै समाजमा भएका घटनाहरुलाई सत्यतथ्य रुपमा उजागर गर्नेमा सम्पुर्ण पाठकहरुमा विस्वस्त हुन आग्रह गर्नु भयो । 

उहाँले भन्नुभयो,‘राष्ट्रको आर्थिक समृद्घि, अशक्त, असहाय, महिला तथा पिछडिएका वर्ग, क्षेत्र एबं समुदायको उत्थान र विकासका लागि अर्थपूर्ण अन्तर्वार्ता र विचारहरु प्रवाह गर्दै विविध विधामा सत्यतथ्य वस्तुनिष्ठ एबं सन्तुलित सुचना तथा समाचार सम्प्रेषण गर्नेछौं ।’ उहाँले समाजमा घटेका सामाजिक, राजनीतिक एबं विविध घटनाहरुको जानकारी तथा आफ्नो व्यवसायको विज्ञापनका साथ अमुल्य सुझाव र सहयोगको अपेक्षा समेत गर्नु भएको छ । 

कार्यक्रमको विशिष्ट अथिति बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले पत्रकार समाजको ऐना भएकोले बास्तबिकतालाई बाहिर ल्याउन आग्रह गर्नु भयो । पुलामीले पत्रकारहरु शहर केन्द्रित मात्रै भएको भन्दै अब गाउँ केन्द्रित हुन आग्रह गर्नु भयो । उहाँले पत्रकारको कलम सत्य र तथ्यको पक्षमा चल्नु पर्नेमा जोड दिनु भयो । सबैको साझा दायित्व सभ्य समाज निर्माण गर्नु भएपनि त्यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुने तर्क गर्नु भयो । 

गाउँपालिका अध्यक्ष सर्केश घलानले मिडिया भनेको सुचनाको संवाहक भएको भन्दै आफ्नो गाउँपालिकामा मिडीया स्थापना गर्नु आफैमा राम्रो सन्देश गएको बताउनु भयो । सुचना विना कोहि पनि एकैछिन पनि बस्न नसक्ने हुँदा सुचना पुर्याउने सहज माध्यम हजुरको खबर भएको उहाँको भनाई रहेको छ । दिन प्रतिदिन पालिकाले मुहार फेर्दै गईरहेको भन्दै उहाँले पालिकाको विकास र समृद्धिमा हजुरको खबरले कलम चलाउन आग्रह गर्नु भयो । 

उहाँले आफु ‘उज्यालो गाउँपालिका’ बनाउने अभियानमा लागेको समेत बताउनु भयो । घलानले एक वर्ष भित्र पालिकाको सबै वडामा विजुली पुर्याउने लक्ष्यका साथ लाइन बिस्तार गर्ने कार्य अगाडि बढिरहेको बताउनु भयो । उहाँले विद्युत चुहावट कम गर्नको लागि समेत आफ् गम्भिर रहेको भन्दै पालिकलाई विद्युत चुवावट मुक्त पालिका बनाउने घोषणा समेत गर्नु भयो । कार्यक्रममा विशेष अतिथीका रुपमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले हजुरकोखबर टिमलाई बधाइ तथा शुभकामना दिँदै पत्रकार आचारसंहिता र प्रचलित कानुनलाई अवलम्वन गरेर मात्र समाचार सामग्री सम्प्रेषण गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । 

उहाँले गाँउपालिकाले गरेका सकारात्मक काममा साथ र हौसला दिन तथा मिडीयालाई पनि स्थानीयहरुले टिकाउने वातावरण तयार गर्न आग्रह् गर्नुभयो । कार्यक्रममा  गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतान, प्रेस संगठन बागमती प्रदेशका सहसंयोजक सुनिल खड्का, वामनेष्ट फाउण्डेशनका प्रमुख साइलु दियाली, ४ नम्बर वडाका अध्यक्ष रहर थिङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, राष्ट्रिय समाचार समिति उत्तरी मकवानपुरका सम्बाददाता कुमार नेगी, शिक्षा पत्रकार समुह बागमती प्रदेशका अध्यक्ष धु्रब अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अरुण बल लगायतको आथित्यता रहेको थियो । 


 


0 comments

Write Down Your Responses