Powered by Blogger.
सम्बोधि सार्वजनिकीकरण सम्पन्न



काठमाडौं । वि.सं.२०७७ साल माघ २९ गते विहिवार ,नेपाल रुसी साहित्य ,नेपाल रुसी विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा  प्रगतिवादी कवि नरेश शाक्यले लेख्नु भएको लघुकविता संग्रहको सार्वजनिकीकरण सम्पन्न भएको छ । 

रसियन कल्चरमा भएको उक्त समारोहको सभापतित्व प्राध्यापक डा. जंगव चौहानको सभापतित्वमा र प्रमुख अतिथि  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती रहनु भएको थियो । रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभले स्वागत मन्तव्य साथै कवि नरेशका बारेमा बोल्दै उहाँको स्वास्थ्यलाभको कामना गर्दछु भन्नु भयो । 

उहाँको स्वागत लगत्तै कृति प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेती र विशिष्ठ अतिथि प्रगतिवादी कवि एवम् नाट्यसंगीतका प्राज्ञ मञ्जुलले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । 

कृतिमाथि कवि एवम् समालोचक मोमिलाले बोल्नु भएको थियो । कवि मञ्जुल नरेशका बारेमा बोल्दा बोल्दै गम्भिर र भावुक हुनु भयो । एकछिन हल स्तव्ध बन्न गयो । कवि नरेशका जीवन, साहित्य, दर्शन ,सँस्कृतिक अभियान बारे प्रष्ट पार्नु भयो । 

त्यसै गरी समालोचक मोमिला पनि बोल्दाबोल्दै  भावुक हुनु भएको थियो । कवि नरेशले आफ्ना छोटा कविता सुनाउनु भएको थियो । प्राध्यापक  डा. हरिप्रसाद  सिलवालले कविमाथि आफ्नो धारणा राखेर नरेशकै कविता वाचन गर्नु भएको थियो । 

प्रकाशन तथा सम्पादन गर्ने जिम्मेवारी पाएका कवि वैरागी जेठाले कवि सम्बन्धी अवधाराणा राख्नु भएको थियो । साहित्यकार ई. विष्णुबहादुर सिहले  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै कृतिबाट कविता सुनाउनु भएको थियो ।

 प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कवि नरेश शाक्यको जीवन व्यक्तित्व वारे लामो संस्मरण सुनाउनु भयो । कवि नरेश एउटा जिउँदो शहीद भएको उनका बारेमा बोल्ने वक्ताहरुको अभिव्यक्तिहरुबाट प्रष्ट हुन्थ्यो ।

 कार्यक्रम सञ्चालक इं. चन्द्रकान्त आचार्यले सञ्चालन  गर्नु भएको थियो । सभापति रहनु भएका जंगव चौहानले नरेशका बारेमा बोल्दै आफुले सक्दो सहयोग गर्ने र मन भएकाहरुलाई  नरेशलाई सहयोग  गर्न पनि अपिल गर्नु भएको थियो ।


0 comments

Write Down Your Responses