Powered by Blogger.
पौडेलले ल्याए आख्यानात्मक कृति ‘डायनकी छोरी’



काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले शुक्रबार कथा संग्रहको लोकार्पण गरेका हुन् । 

लेखक पौड्यालले नेपाली परिवेश र मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधारित रहेर लेखेको बताए ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल,  नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकल एशोसियशनका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाजका प्रतिनिधी जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताब माथि चर्चा गरेका थिए । 

पुस्तक सिन्धुपाल्चोक र काभ्रे जिल्लाको संगम इन्द्रवती नदीको आसपासका सभ्यता र परिवेशसंग जोडिएको भन्दै वक्ताहरुले लेखक पौडेललाई आगामी दिनमा अन्य नयाँ कृतिहरु पनि प्रकाशन गर्न आग्रह गरे । 

कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३ सय ५० रूपैयाँ रहेको छ ।




0 comments

Write Down Your Responses