Powered by Blogger.
थाहा नगर वाइसीयलमा मान सिं





राज कुमार के.सी.

थाहा । योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर भेलाको सांबोधन गर्ने क्रममा योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिब तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेले श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन नै वाइसियल भएको बताउनु भयो ।

पाण्डेले युवाहरु वायु जस्तै हुनु पर्ने बताउनु भयो ।

शनिबार  थाहा नगरको बिकास घरमा सम्पन्न थाहा नगर भेलाको प्रमुख अतिथि पाण्डेले युवाहरुलाई ऐलेको बैज्ञानिक, प्राविधिक रुपमा अगाडि बढ्न अनुरोध गर्नुभयो ।


भेलामा विशेष अतिथि नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले समाजलाई उन्नत बनाउन युवाको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले पार्टी र युवाबिच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्ने बताउनुभयो ।


भेलाले मानसिं दोङको अध्यक्षता मा ४१ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर कमिटिको चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिबमा युवराज बिष्ट, कोषाध्यक्षमा  देवकी तामाङ, सहसचिबमा कृष्ण मान लो, राजीब बिक्रम खड्का    र सदस्यमा सुबिन्द्र गोपाली, युवराज थिङ, रबि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारी लगायत चयन हुनु भएको छ ।


भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको अतिथ्यता रहेको थियो  ।



0 comments

Write Down Your Responses