Powered by Blogger.
विवाह भोजखर्च असाहयको खानामा, संकटमा फुर्वा दोर्जेको उदाहरणीय काम



काठमाडौं । कलाकार, व्यवसायी तथा सभाजसेवी एवं संस्कार समाज नेपालका आजीवन सदस्य फुर्वा दोर्जे मोक्तानले विवाह भोजको रकम दुखीहरुका लागि प्रदान गरेका छन् । 

फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहको भोज कार्यक्रमलाई स्थगित गरेर कोरोना महामारीका कारण एक पेटका लागि सडकमा भौतारिरहेका गरिव, मजदुरहरुलाई खाना खुवाउने अभियानमा जोडिएका हुन् । 

संकटको बेलाको उनको यो कामको सर्वत्र प्रशंसा भएको छ । हाम्रो टिम नेपालले संचालन गर्दै आईरहेको दिन, दुःखीहरुका लागि खाना खुवाउने अभियानमा जोडिदै तामाङले झण्डै १५ सय सर्वसाधारणका लागि खाना खुवाउने रकम हस्तान्तरण गरेका हुन् । 

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँबस्ती निवासी भावना तामाङसँग हालै विवाह बन्धनमा बाँधिएका मोक्तानले प्रीति भोजका लागि छुट्याएको रकमबाट ४० हजार रुपियाँ हाम्रो टिम नेपाललाई प्रदान गरेका छन् । 

शुक्रबार थापाथलीमा संचालित खाना खुवाउने कार्यक्रममा आफै सहभागि भएर सर्वसाधारणहरुलाई खाना खुवाउदै गर्दा निक्कै भावुक बनेका मोक्तानले कोरोना महामारीको यो विपद्को घडीमा सबैले आफ्नो आफ्नो स्थानबाट सहयोग गर्न आव्हान समेत गरे । 



यसैबीच खाना खुवाउने कार्यक्रममा पुगेकी भावना तामाङले अहिले हामीले कुनै पनि उत्सव, पर्वहरु मनाउनु भन्दा पनि सडकमा एक छाकको याचना गरिरहेकाहरुलाई खाना खुवाउनु ठूलो मानवीयता हुने बताईन । 

जापानमा व्यापार, व्यवसाय गर्दै आईरहेकी तामाङ विवाहकै लागि नेपाल आएको र आफ्नो विवाहमा भोज गरेर आफन्त, इष्टमित्र जम्मा गर्न नपाए पनि कोरोना कहरले मारमा परेका दिनदुःखीहरुलाई खाना खुवाउन पाउँदा निक्कै सन्तोष लागेको बताईन । 

फुर्बा दोर्जे मोक्तान तामाङले आफ्नो विवाह रद्द गरेर असाहयलाई खाना खुवाउनमा लगानी गरेर साह्रै उदाहरणीय कार्य गरेको भन्दै सबैले प्रशंसा गरेका छन् ।

 उनले निषेधाज्ञाका कारण काम र मामविहिन भएका असाहय परिवारलाई  यो संकटको बेला चार दिन सम्म दैनिक एक सय पचास देखि दुई सय जना सम्मलाई  निशुल्क खाना खुवाउने अभियान सुरु गरेका हुन् ।  शुक्रबारदेखि सुरु यो अभियानको आज दोस्रो दिन हो ।  

परोपकारी समुह हाम्रो टिम नेपालसंग समन्वय गरेर खाना खुवाउने काममा तिव्रता दिइरहेको अभियन्ता समेत रहेका कलाकार अशोक तामाङले जानकारी दिए । 

कोरोनाको प्रभावले अवस्था नाजुक भई खानाविहिन भएका कोही परिवार पनि भोकै मर्नु नपरोस् भनेर यो अभियान सुरु गरेको तामाङले बताए । 




0 comments

Write Down Your Responses