Powered by Blogger.
थाहा–६ का स्थानीयलाई मास्क वितरण



मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ६ स्थित इकुन्डोल र लिलाखेलका प्रत्येक परिवारलाई मास्क वितरण गरिएको छ ।

वडा कार्यालय र स्थानीय ‘बलामी एक्टिभ टीम’ को सक्रियतामा शनिवार १ सय ५० घरपरिवारलाई प्रति परिवार १/१ फ्याकेट मास्क वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामीले युवाहरुको सत्रियताले नै समृद्ध समाज बन्ने धारणा व्यक्त गरे । गाउँमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले भने, ‘गाउँको चेतनाको अभाव छ, यसले स्वास्थ्य र विकास निर्माणमा असर गर्छ त्यसकारण चेतनशील नागरिक अग्रसर भएर जनचेतना फैलाउनुपर्छ ।’ युवाहरु अघि सरे मात्रै समाजमा सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो ।

यस्तै ‘बलामी एक्टिभ टीम’ का श्रीराम बलामीले मास्क वितरण गर्नुका साथै लगाउने तरिका पनि सिकाइएको जानकारी दिए । उनले गाउँमा आइपर्ने हरेक समस्या समाधानका लागि युवाहरु तयार रहेको पनि बताए ।





0 comments

Write Down Your Responses