Powered by Blogger.
लायन्स क्लव अफ मकवानपुर इनोभेटिभको पहिलो पदस्थापन सम्पन्न



काठमाडौं । लायन्स  क्लव अफ मकवानपुर इनोभेटिभले आफ्नो  पहिलो पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 

स्वयम्भु स्थित होटेल नयनमा शनिबार आयोजित कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ मकवानपुर इनोभेटिभको अध्यक्ष अरुणकुमार गुरुङले गर्नु भएको थियो  । कार्यक्रममा प्रमुख अतिथि लायन्स  अन्तरराष्ट्रिय एम्बेस्डर अफ गभर्नरबाट  सम्मानित लायन्स क्लव अफ भुटनदेबीका पुर्ब अध्यक्ष डाइनामिक लेडी लायन निलम बैध हुनुहुन्थ्यो भने बिशेष अतिथि मातृ क्लब हेटौँडा भुटनदेबी सेन्टिनियलका अध्यक्ष  लायन मिनु अग्रवाल  साथै अतिथी एस . टि . जी प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक राम श्रेष्ठ रहनुभएको थियो । 

कार्यक्रममा सभापती गुरुङले संस्थामा आबद्द सदस्यहरुलाई स्वागत गर्नु हुँदै संस्थाले बर्ष भरिमा गर्ने कार्यक्रम तथा योजनाहरुको बारेमा चर्चा गर्नु भएको थियो  भने समाज सेवा गर्नका लागि पहिला मन र आफू प्रति विश्वास हुनु पर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी  निलम बैद्यले संस्थाको बारेमा बताउनु हुंदै  बाहिर संस्था महंगो र धनीहरुको संस्था हो भन्ने बुझाई रहेको र त्यसो नभै यस्ता संस्था सदस्य र दाताहरुबाट चल्ने बताउनु भएको थियो । बिशेष अतिथी अग्रवालले  पनि आफ्नो छोटो  मन्तव्य राख्नु हुंदै संस्था र संस्थाका योजना प्रति खुसी ब्यक्त गर्नु भएको थियो ।  

कार्यक्रममा सबै सदस्यहरुको  तर्फबाट अध्यक्ष गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो भने अध्यक्ष गुरुङको तर्फबाट उपस्थित सदस्यहरुलाई प्रमाण पत्र , लोगोपिन , डटपेन र ब्याच वितरण गर्नु भएको थियो ।


 

कार्यक्रममा एस टि जी प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अतिथि राम श्रेष्ठले सम्पुर्ण लायन सदस्यहरुलाई  लायन क्लवको लोगो सहितको टि– सर्ट समेत वितरण गर्नु भएको थियो । उक्त्त  कार्यक्रमको संयोजन  लायन सरिता कार्कीले गर्नुभएको थियो भने उद्घोषक संस्थाका सचिव बिदान रिजाल हुनुहुन्थ्यो ।




0 comments

Write Down Your Responses