Powered by Blogger.
लोकप्रिय समाचार दैनिकको नवौं वार्षिकोत्सव सम्पन्न


चौतारा । सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशीत लोकप्रिय  समाचार राष्ट्रिय दैनिकले आफ्नो नवौ बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहल चौतारामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाइको  विशेष आथित्यमा भब्यताका साथ बार्षिकोत्सव समारोह मनाएको हो । 

जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिकाको रुपमा २०७० साल असार ३१ बाट संचालनमा आएको सो पत्रिकाले जस्तोसुकै प्राकृतिक बिपद् र कठिन आर्थिक अवस्थामा पनि आफ्नो प्रकाशनलाई निरन्तरता दिदै आएको छ ।

पत्रिकाको नवौ बार्षीक उत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल युग (अनलाइन र फेसबुक)मा सर्दै गरेको सुचना प्रविधिको बीचमा रही काम गर्ने जमर्काे गरेको यो लोकप्रिय समाचारको सफलताले सञ्चार जगतमा थप  प्रोत्साहन पुगेको बताउनु भयो । 

उहाँले सिन्धुपाल्चोकले सञ्चार क्षेत्रको बिकासका लागी धेरै सहयोग गरेको आफुले पाएको र  सिन्धुपाल्चोक जिल्लाको जस्तो सहयोगी स्थानीय सरकार र समाज बिरलै भेटेको   छौ भन्नु भयो । बिभिन्न सामाजिक र राजनैतिक परिवर्तनको बीचमा जिल्लाबाट संचालन भइरहेको लोकप्रिय समाचार दैनिक पत्रिकाले नवौ बार्षीक उत्सव मनाइरहँदा उँहाले स्थानीय सरकार होस् वा जो होस् जसको समाचार लेखे पनि समाचारमा सत्य र तथ्य हुन पर्नै बताउँनु भयो । 

उँहाले सामाजीक सञ्जालमा पोष्ट हुने कुराहरु सञ्चारकर्मी र अरुको एउटै हुन नहुने बताउँदै सञ्चार कर्मीले सामाजीक सञ्जालमा पोष्ट गरेका कुरा सत्य र तथ्यमा आधारित हुन पर्ने बताउँनु भयो ।  

कार्यक्रममा  बिशेष अतीथी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबीन्द चौलागाँइले बर्तमान परिस्थतीमा छापा मिडीया सञ्चालनमा समस्या भएको बताउँदै यसको जगेर्ना गर्न सबै लागी पर्नु पर्नै बताउँनु भयो । 

उँहाले लोकप्रिय समाचारले जस्तोसुकै  अफ्ठ्यारा  परिस्थीती  आए पनि  निरन्तरता दिएकोमा धन्यबाद दिदै पत्रकारिता क्षेत्रमा देखा परेका समस्याहरु समाधान गर्नका लागी नेपाल पत्रकार महासंघ सबै सँग सल्लाह र सुझाब लिएर अगाडी बढ्ने बताउँनु भयो ।

यसै गरि केन्द्रीय सदस्य शन्तराम बिडारीले  राजधानीको नजीकै जस्तो जिल्ला सिन्धुपाल्चोकमा   सञ्चालीत लोकप्रिय समाचार दैनिकले यसरी जिल्लाका खबरलाई राष्टीय  तथा अन्तराष्टीय स्तरमा प्रवाह गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नु भयो ।  सदस्य बिडारीले भौगोलिक विकटता र इन्टरनेटको अपर्याप्तताका बीच लोकप्रिय समाचार निरन्तर छुट्टै पहिचार बनाएर जिल्लामा निरन्तर प्रकाशन भइरहनु साह्रै खुसीको कुरा भएको बताउनुभयो । 

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका संस्थापक  अध्यक्ष बिष्णु न्यौपानेले  लोकप्रिय समाचार दैनिकले यसरी निरन्तरता दिन सक्छ भनेर  सोचेका समेत थिएनौँ भन्नु हँुदै लोकप्रिय समाचारले यसरी ९औँ  बार्षीक उत्सव मनाइ रहँदा आफुलाइ गर्व लागेको बताउनु भयो ।

उँहाले जिल्लाकै पहिचान बोकेको पत्रीका कुनै पनि अबस्थामा बन्द हुनु हुँदैन भन्दै यदी  आर्थीक कारणले पत्रीका बन्द हुने अबस्था आयो भने आफुलाइ खबर गर्न र त्यो समस्या समाधान  गरिदिन आफु तैयार रहेको बताउँनु भयो ।  

उँहाले कुनै पनि कारणले जिल्ला कै पहीचान बोकेको  लोकप्रिय समाचार बन्द हुन हुँदैन भन्नु भयो । सिन्धुपाल्चोकको बिगतको इतिहास कोट्याउँदै तत्कालीन  अबस्थामा महासंघ चलाउँन  धौ धौ परेको, केहि साप्ताहिक र मासिक पत्रिका सञ्चालनमा समेत समस्या परिरहेको अबस्थामा पत्रिका प्रकाशनका लागी कागज र  छापाको खर्च समेत धान्न सक्ने अवस्था नभएको समयमा यसरी दैनिक रुपमा पत्रिका निकाल्ने साहस गरेको देख्दा हिम्मत भन्दा पनि मुर्खता त होइन भन्ने लागेको थियो ।

तर, एकल व्यक्तिले यसरी नियमित पत्रिका प्रकाशन गरेकोमा सबैले प्रशंसा मात्र होइन सम्मानीत सहयोग गरिरहने बताउँनु भयो । उँहाले यसरी गरेको पहलमा सबै स्थानीय समाजसेवी र बुद्धिजीवी बर्गले सम्मानपुर्वक साथ दिएपछि असम्भव भन्ने केहि नहुने रहेछ भन्ने दरीलो उदाहरण प्रस्तुत गर्दै त्यसैले लोकप्रिय सामाचारले निरन्तरता पाएको छ भन्नु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै गाँउपालीका राष्ट्रिय महासंघका महा सचिब तथा इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले –“ यो पत्रिका जिल्लाकै संचारक्षेत्रको एक नमुना पात्र हो । मुलुक संघियतामा जानु पुर्वको समयदेखि संचालनमा रहेको यो पत्रिका कम अर्थव्यवस्था संचालन गर्नु चुनौति नै हो । तथापि, यस्तो अवस्थामा पत्रीकाको निरन्तरता रहेकोमा धन्यबाद दीनु भयो । उँहाले पालीकाहरुले पत्र पत्रीकालाइ  केही मात्रामा भने पनि सहयोग गरिरहेको स्पष्ट पार्देै सहयोग कै आधारमा भन्दा पनि कामका आधारमा सत्य तथ्यमा रहेर समाचार लेख्न पर्ने बताउँनु भयो । उँहाले सञ्चार र राजनीतमिा धेरै फरक रहेको बताउँदै सञ्चारकर्मीले राजनीति भन्दा माथी रहेर समाचार सम्प्रेशण गर्न पर्ने मा जोड दिनु भयो ।

उँहाले राजनीति र पत्रकारिताको एक आपसमा नङ र मासुको सम्बन्ध रहेको बताउँदै राजनीति गर्ने  भन्दा पत्रकारिताको पेसा अती महत्व र बढी जिम्मेवार रहने बताउँनु भयो । 


त्यसै गरि लिसंखु गाँउपालीकाका प्रमुख कमल नेपालले साप्ताहीक र मासिक पत्रीका संञ्चालन गर्न नसकेको अबस्थामा सञ्चार क्षेत्रमा  जिल्ला कै शिर उच्च राखेर नियमित पत्रीका सञ्चालन गरि  खुसीको कुरा भएको बताउनुभयो । गाँउपालीकाले हरेक तबरबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो  । 

बलेफी गाँउपालीकाको  अध्यक्ष केदार क्षेत्रीले पत्रकारिताका धर्म , मर्यादा , दायित्व , जिम्मेवारीका बारेमा अलीकती पनि ख्याल नराखी जथाभाबी समाचार सम्प्रेषण गर्दा सिङ्गो समाजलाइ नै असर पर्ने हुँदा वास्तविकता बुझेर सत्य तथ्यतामा आधारित रहेर समाचार सम्प्रेषण गर्न पर्ने बताउँनु भयो ।

त्यसै गरि सुनकोसी गाँउपालीकाका उप प्रमुख लक्ष्मी पौडेलले  आफु पनि पत्रीका सञ्चालक भएको  र अहीले जनप्रतीनिधी भए पछी उक्त पत्रीका स्थगित गरेको बताउँदै  पत्रकारिता पेशामा धेरै समस्या छन् यो समस्याहरु सँग जुध्दै यसरी नियमित रुपमा दैनिक पत्रिका संञ्चालन गरेकोमा लोकप्रिय समाचारलाइ बिशेष धन्यबाद छ भन्नु भयो ।

यसै गरि जुगल गाँउपालीकाको उप प्रमुख सिर्जना तामाङ्गले केही सञ्चार गृहहरु कुनै राजनिती दल सँग नजीक रहेर समाचार प्रकाशन हुँदा पाठकहरुमा यसको महत्व कम हुँन जाँने हुँदा सबैको साझा भएर काम गर्न पर्ने बताउँदै लोकप्रिय समाचार दैनिकले अहीले सम्म सबैको साझा भएको पाइएको बताउँनु भयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेसका सचिब युबराज पुरीले सिन्धुपाल्चोकमा आफुले पत्रकारिता गरेको धेरै समय बितेको बताउँदै जिल्लामा साप्ताहीकहरु चलाउँन नसकेर बन्द गर्ने अबस्था हुँदा यसरी नियमित पत्रीका प्रकाशन गरिरहेकोमा लोकप्रिय समाचर दैनिकलाइ बिशेष धन्यबाद दिनु भयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जिवन श्रेष्ठले हरेक अफ्ट्याराहरु पार गर्दे आफु रिणमा डुबेर भए पनी पत्रीकालाई निरन्तरता दिएकोमा लोकप्रिय समाचार धन्यबादको पात्र बनेको छ भन्नु भयो । 

नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका सुकुम्बासी समस्या समाधान आयोग सिन्धुपाल्चोकका  अध्यक्ष बालकृष्ण देउजाले सिन्धुपाल्चोक जिल्लाको भौगलिक अबस्था अनुसार साप्ताहीक पत्रिकाहरु समेत खपत हुँन समस्या भइरहेको अबस्थामा यसरी दैनिक पत्रीका प्रकाशन गरि नियमित गरेकोमा बिशेष धन्यबाद दिदै अझ बढी प्रगतीका लागी आफुहरुले गर्न पर्ने हरेक सहयोग गरिरहने बताउँनु भयो । 

सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले सिन्धुपाल्चोक जिल्लाको पहीचान राखेर दैनिक पत्रीका सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दै समाचार पत्रीका साँच्चैको समाचार पत्रिका बन्न पर्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगर पालीकाका बाताबरण बिभागका संयोजक तथा १४ नं वडाका वडाअध्यक्ष शेरबहादुर श्रेष्ठले आफ्नै वडामा केन्द्रीय कार्यलय रहेको लोकप्रिय समाचार दैनिकले यसरी प्रगती गरेको देख्दा आफुलाइ गर्व लागेको बताउँनु भयो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक  सुदर्शन थापाले जिल्लामा रहेको लोकप्रिय समाचार दैनिक पत्रीकाले सबैलाइ समेटेर समाचार प्रकाशन गरिरहेकोमा बिशेष धन्यबाद दिदै समाचार पत्रीका सँधै निश्पक्ष हुन पर्ने बताउँनु भयो । त्यसै गरि राष्ट्रिय कलाकार शिबहरी  नेपालले पत्रीकाले निरन्तरता पाएकोमा खुशी लागेको बताउँनु हँुदै अझ बढी प्रगतीको कामना  गर्नु भयो । प्रहरी नायब निरिक्षक घनश्याम नेपालले गजल प्रस्तुत गर्दै पत्रीकालाई शुभकामना दिनु भयो । 

कार्यक्रममा संघ सस्थाका तर्फबाट बोल्दै ग्रामिण महिला सिर्जनशिल परिबारका नानीमैया थापाले   पत्रकारिता जगतमा लोकप्रिय समाचार दैनिकले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । सामुदायक वन उपभोक्ता महासंघको जिल्ला सचिब समेत रहनु भएको महीला सञ्जालको दयालक्ष्मी श्रेष्ठले लोकप्रिय समाचार दैनकिले ठुलो कठीनाइका बीच निरन्तरता दिएकोमा बिशेष धन्यबाद दिनु भयो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाइ बिशेष सम्मान गर्दे  भएको बार्षीक उत्सब कार्यक्रममा स्वागत मन्तब्य कुमार बस्नेतल राख्नु भएको थियो । पत्रिकाका पुर्ब कर्मचारीहरु  र कार्यरत कर्मचारीहरुलाइ प्रशंसापत्र प्रदान गरिएको उक्त कार्यक्रममा कलाकार राजेन्द्र गिरीको जादु प्रस्तुती गरिएको थियो भने गायक डिजराज पौडेलले गित  मार्फत शुभकामना दिनु भएको थियो । 



कार्यक्रममा प्रमुख अतिथी बिशेष अतिथी हरुलाइ मायाँको चिनो प्रदान गरिएको थियो । सम्पादक सन्तोषी बस्नेतको सभापतीत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङ्ग,  पत्रकार महासंघ केन्द्रीय प्रतिनिधी परिषद सदस्य ज्ञानेन्द्र तिमल्सीना, जिल्ला उपाध्यक्ष दिनेश थापा, पे्रस युनियन सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्य लगायत बिभिन्न सञ्चार कर्मीहरुको उपस्थिती रहेको थियो । 

देशका राष्ट्रिय स्तरका कलाकार, संगितकर्मी र विभिन्न स्थानिय सरकारको प्रतिनिधिका बीचमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला पत्रकार महासङ्घका कार्यकारी र संस्थापक ब्यक्तित्वहरुको समेत सहभागी रहेकाले पनि कार्यक्रम रोचक बनेको  थियो ।


0 comments

Write Down Your Responses