Powered by Blogger.
एनआरएनए अस्ट्रेलियाको चुनावमा सहसचिवमा राकेश जोशीको जित सुनिश्चित



काठमाडौं । अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले एनआरएनए अस्ट्रेलियाको चुनावमा सहसचिव पदमा राकेश जोशीले उमेद्वारी दिएका छन् । 


नेपाली सुचना प्रविधि बिज्ञ तथा समाजसेवी राकेश जोशीले अस्ट्रेलिया एनआरएनए चुनावमा शनिबार अर्थात् ३१ जुलाईमा हुन गईरहेको चुनावमा जोशीले सहसचिव पदमा उमेदवारी दिएका छन् । उनका अनुसार  समाजसेवा होस वा राजनीति जहाँ युवाको संलग्नता हुन्छ, त्यो सफल हुने गर्दछ , त्यो चाहे स्वदेशमा होस वा विदेशमा ।

अझ राजनीतिमा युवाको संलग्नताले राजनीतिलाई थप उचाइँमा पुग्न सहयोगी हुने गर्दछ । त्यही  उचाइँ हासिल गर्नका लागि एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएको जोशी बताउँछन । तर यो चुनाव कोभिड १९ को प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

उनले यस अघि अष्ट्रेलियामा अप्ठयारोमा परेका नेपाली बिध्यार्थीहरुलाई परेका विभिन्न समस्याहरुमा सहयोगी हात बन्दै आएका छन् । समाजसेवी राकेश जोशी सबै एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो । बिभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा सुचना प्रविधि क्षेत्रमा संल्गन भई  विभिन्न इभेन्ट समेत आयोजना गर्दै आइरहेका छन् ।


उनले भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपका बेला समुदाय र सामाजिक कार्यहरूमा संलग्न हुंदै आएका छन् । उनी लामो समय देखि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत जोशी संलग्न छन् । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वास्थ्य समस्यामा संयोजनकारी भुमिका निर्वाह गर्दे आइरहेका छन । त्यस्तै आप्रवासी विद्यार्थीहरूका  शिक्षा क्षेत्रमा आइपर्ने समस्या समाधानमा लागि परेका छन् ।

उनका इभेन्टहरूमा स्थानीय सासंदहरु समेतको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको मैत्री सम्बन्ध बलियो बनाउन मद्दत पुर्याएको छ । युवा उद्यमशीलत, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने गरेका छन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्दे, दोस्रो पुस्ताका नेपालीलाई त्याहाँ नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक कार्यक्रमहरू आयोजना गरी दुई देशलाई नजिक ल्याउन गोगदान गर्ने उनको लक्ष्य छ ।  अष्ट्रेलियामा सामाजिक संगठनको साथ काम गर्ने, सहित संगठनात्मक र सामुदायको लागि आफ्नो कार्यकालको अवधिमा काम गर्ने प्रतिबद्धताहरू जनाएका छन् ।


0 comments

Write Down Your Responses