Powered by Blogger.
नगरपालिका ताेडफाेडमा संलग्नलाई कारवाहि गर्न नुवाकाेट एमालेकाे माग


नुवाकाेट- विदुर नगरपालिका कार्यालय ताेडफाेडमा संलग्न व्यक्तिहरु लाई कानुनी कारवाहिकाे दायरामा ल्याउन नेकपा एमाले नुवाकाेटले प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएकाे छ।

नेकपा एमाले जिल्ला सचिव बुद्धि बहादुर प्रधान द्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुन हातमा लिएर सार्वजनिक सम्पति ताेडफाेड गर्न अपराधिक काम भएकाेले यस्ता घटनाका दाेषिले उन्मुक्ति पाउनु भनेकाे लाेकतन्त्र र कानुनी राज्यकाे उपहास हुने बताउदै घटनामा दाेषिहरुकाे कानुनी कारवाहिकाे लागि माग गरिएकाे छ।

विज्ञप्तिमा भ्रष्टाचार र वेथिति भएमा त्यस्का विरुद्ध कानुनी र न्यायिक अड्डामा जान पाउने अधिकारलाई प्रयाेग नगरि काङ्ग्रेसका जिम्मेवार नेताहरु र जननिर्वाचित प्रतिनिधिहरुकाे अगुवाईमा जसरी ताेडफाेडमा काङ्ग्रेस उत्रियाे याे लाेकतन्त्रकाे खिल्लि मात्रै हैन न्यायलय र कानुन माथिकाे नियन्त्रण पनि हाे। संघ,संस्थाकाे नेतृत्वमा रहेकाहरुले काङ्ग्रेस जिन्दावाद भन्दै राजनितिक प्रतिसाेधले घटाईएकाे घटनामा नेकपा एमाले मुकदर्शक भएर बस्न नसक्ने भन्दै कानुनी कारवाहि नभए प्रतिराेधमा उत्रने चेतावनि पनि विज्ञप्तिमा दिईएकाे छ। साेमवार विदुर नगरपालिका कार्यलयमा विदुर नगरपालिका-१३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागि छुट्टाईएको बजेट अनियमितता भएको विरोध गर्ने क्रममा नगरपालिकामा तोडफोड भएको थियो ।
तर विदुर नगरपालिकाले वडा नम्बर १३ को फलफुल तथा कागती पकेट क्षेत्रको लागी बिरुवाको एक रुपैयाँ पनि रकम भुक्तानी दिएको छैन् । पकेट क्षेत्रमा निर्माण भएको सिञ्चाई लगाएतकाे पुर्बाधार बिकासको कामको मात्रै ६ लाख ९८ हजार रुपैयाँ रकम भुक्तानी दिएको नगरपालिकाले प्रमाणसहित जनाएको छ ।

0 comments

Write Down Your Responses