Powered by Blogger.
पाण्डुकेश्वरमा कार्की परिवारद्धारा गजुर , जलहरी, तामा र चाँदिबाट निर्मित ज्योतिर्लिङ हस्तान्तरण




पालुङ । थाहा नगरपालिका वडा नं २ , अंगारेमा अवस्थित पाण्डुकेश्वर महादेवको पुर्नर्निमित मन्दिरमा शिवलिङ प्रतिस्थापन गरिएको छ । 

नेपाल सरकार पुरातत्व  विभागको  सक्रियतामा करिव चार बर्षको अवधिमा यो मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो । श्रावण २० गते बुधबार थाहा नगरका पण्डित र पुरोहितहरु द्वारा धार्मिक बिधिबाट रुद्री , हवन कार्य , क्षमापूजा सहितको कार्यक्रम गरी मुर्ती प्रतिस्थापन गरिएको हो । 

वि . सं  १९७२ को बाढीले क्षतिग्रस्त यस ऐतिहासिक मन्दिरलाई दोश्रो पटक स्थानियबासीको  सकृयतामा  मर्मत गरिएको थियो भने फेरी २०७२ को बिनाशकारी भुकम्पले क्षती गरेपछि  पहिलो पटक सरकारी स्तरबाट यो मन्दिरलाई प्यागोडा शैलीबाट पुनर्निर्माण गरिएको हो । 



शिवलिङ प्रतिस्थापन कार्यक्रमकै  अवसरमा थाहा २ अंगारे निवासी चार दाजुभाई किरण कार्की , राजेन्द्र कार्की , रामहरी कार्की र दिपक कार्कीले पनि उक्त ऐतिहासिक मन्दिरमा तामाको गजुर , तामाको जलहरी, तामा र चाँदिबाट निर्मित ज्योतिर्लिङ हस्तानतरण गर्नु भएको छ ।

उहाँहरुले उक्त हस्तान्तरण कार्यक्रमलाई सहजता गरिदिनु भएकोमा पाण्डुकेश्वर क्षेत्र बिकास समितिका   अध्यक्ष जनक हमाल ठकुरी , राम प्रसाद ढकाल लगायत सम्पूर्ण  पाण्डुकेश्वर  क्षेत्र बिकास समितिका पदाधिकारीहरुले कार्की परिवारलाई एकमुष्ट धन्यवाद दिनुभएको छ भने कुशल शर्मा द्वारा उक्त मन्दिरलाई जलधारा अर्घौतो प्रदान गर्नु भएको छ ।




0 comments

Write Down Your Responses