Powered by Blogger.
क्यान्सर पिडित शिक्षक अर्याललाई थाहा नगरपालिका शिक्षकहरुद्धारा सहयोग प्रदान


मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन, थाहा नगरपालिका समितिले समसामयिक सवालमा विचार गोष्ठी तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 

सुनौलो विकास केन्द्र कुन्छालमा सम्पन्न  भएको उक्त कार्यक्रमको सञ्चालन कृष्णप्रसाद लामीछानेले गर्नुभएको थियो । अध्यक्ष रुपचन्द्र गोपालीको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय  शिक्षक संगठन , मकवानपुरको अध्यक्ष श्रीराम दाहालको उपस्थिति रहेको थियो ।

यस्तै शिक्षक संगठन हेटौँडा नगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको विशेष आतिथ्यता रहेको थियो भने नेपाल शिक्षक महासंघ थाहा नगरका सचिव  गणेशमान श्रेष्ठ , जिल्ला सदस्य बिरमान स्याङ्तान , नवराज अर्याल लगायत थाहा नगर शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमकै बीच प्रमुख अतिथि दाहालले लामो समय देखि क्यान्सर रोगको उपचार गराउँदै आउनु भएका थाहा नगरपालिका स्थित इन्द्रायणी माविका शिक्षक नवराज अर्याललाई १ लाख १३ हजार ८ सय ५० रुपैँया हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा शिक्षक संगठन समिति थाहा नगरपालिकाले  आफ्नो तेस्रो विस्तारिक बैठक समेत समापन गरेको सचिव कृष्णप्रसाद लामीछानेले जानकारी दिनु भयो । 




0 comments

Write Down Your Responses