Powered by Blogger.
तिङ्ला स्वास्थ्य चौकीमा ‘रोक्पा’ निशुल्क स्वास्थ्य शिविर


काठमाडौं । कोभिडको प्रकोपलाई मध्यनजर गर्दै शोलुदुध कुण्ड नगरपालिका वडा नं ११ तिङ्लामा रहेको तिङ्ला स्वास्थ्य चौकीमा    ‘रोक्पा’  निशुल्क स्वास्थ्य  शिविर शुरु भएको छ 


‘मद्दत  नेपाल’को सहयो शुरु भएको उक्त  तीन दिने शिविरमा   शोलुदुध कुण्ड नगरपालिकाको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्य रहेको थियो । सो शिविर संयोजक  डाक्टर टसि शेर्पा हुनुहुन्छ ।

शिविरमा बिरामीहरुको सुगर र प्रेशरको जाँच गर्नुका साथै निःशुक्ल औषधि वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरको पहिलो दिन महिला ६२ र पुरुष ४३ गरेर जम्मा  १०५ जना बिरामीहरुले सेवा लिएका थिए भने दोस्रो दिन महिला १७४ र पुरुष ८४ जना गरि २५८ जना सेवाग्राहीले  सेवा लिन सफल भए ।  

निःशुल्क सेवा पाएका बृद्द सेवाग्राहीहरुले आयोजक  मद्दत नेपाल र तिङ्ला स्वास्थ्य चौकीप्रती  आभार प्रकट गरेका थिए । शिविरको अन्तिम दिन शुक्रबार पनि बिरामी सेवाग्राहीहरु उत्साहित भएर  आउनेमा  तिङ्ला स्वास्थ्यचौकीकी हेल्थ असिस्टेन्ट रेखा खड्का आशावादी रहेको उनले बताइन् । 




0 comments

Write Down Your Responses