Powered by Blogger.
जनकपुर इञ्जिनियरिङ कलेजमा विद्यार्थीको आन्दोलन


काठमाडौं । अनलाईन मार्फत पढाएर पनि अरु बेला जस्तै शुल्क लिन खोजेको भन्दै कुपन्डोल स्थित जनकपुर इञ्जिनियरि.कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका छन् । 

उनीहरुले कलेज हातामै विरोध प्रदर्शन गरी उक्त विषयमा असहमति जनाएका हुन् । 

प्रशासनले पहिलेको सेमेस्टरमा जम्मा १० प्रतिशत छुट दिएर टारेको र यसपटक पनि पुरै शुल्क लाग्ने भन्दै अनावश्यक शुल्क लिन खोजेपछि विद्यार्थीले आन्दोलन गरेका हुन् ।  

विगत ८÷९ दिनदेखि कलेजमा धाउदै वार्ताको प्रयास गर्दापनि प्रशासनले अरु कलेजले जे गर्छ त्यसै गरौंला भन्दै पन्छिन खोजेपछि विद्यार्थीले कलेजको प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले ‘३५ प्रतिशत छुट कायम गर“, “कलेज आई.ओ.ई. खेलेको, विद्यार्थीलाई पेलेको“ ,“किन यस्तो भएको, प्रशासन कहाँ गएको“ जस्ता नाराबाजी गरेका थिए । 

वैज्ञानिक रुपमा हिसाव किताव गर्दा जति लाग्छ आफूहरु  त्यती रकम तिर्न तयार रहेको तर अनावश्यक रूपमा लाग्ने भन्दा बढी एक रुपैयाँ पनि दिन तयार नरेहको बताउँदै आफूहरुले न्याय नपाएसम्म आन्दोलन जारी रहने पिडित विद्यार्थीहरुले बताए । 

–एनिशा बल तामाङबाट


0 comments

Write Down Your Responses