Powered by Blogger.
कोभिड विरुद्ध थाहा नगरमा सडक नाटक



बज्रबाराही ।  ‘माक्सको प्रयोग हाम्रो अभियान , कोभिडमुक्त समाज बनाउने हाम्रो अभियान’ सहितको नारा लिएर थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा कोरोना बिरुद्द सचेतनामुलक सडक नाटक आयोजना गरिएको छ । 

दामन चेली समाजको आयोजना, सामुदायिक प्रहरीको साझेदारी र थाहा नगरपालिकाको सहयोगमा उक्त सडक नाटक आयोजना भएको हो । 

यहाँका धेरै जसो मानिसहरुले कोरोनालाई ‘हाउगुजी’को रुपमा मात्र लिएको र  ‘स्वास्थ्य संस्थाहरुलाई धनी बनाउने बहाना मात्र’ हो भनेर माक्स तथा सेनिटाइजर प्रयोग नगर्ने र खोप केन्द्रमा खोप समेत लगाउन नजाने गरेकोले यो कार्यक्रम आयोजना गर्न परेको थाहा कला केन्द्रका अध्यक्ष  सानोबाबु मोक्तानले बताउनु भयो ।

उहाँले उक्त सडक नाटकका लागि कलाकारहरुको व्यवस्थापन गर्नु भएको थियो । दामन चेली समाजले थाहा नगरको पहिलो कार्यक्रम वडा नं ३ को घर्तिखोलामा, दोस्रो कार्यक्रम वडा नं  ४ को शिखरकोटम , तेस्रो कार्यक्रम बुद्दचोकमा र चौथोँ कार्यक्रम  वडा नं ६  को सरस्वतीबजारमा आयोजना गरिएको दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझीले बताउनु भयो । 

जनमानसमा कोरोना प्रतिको गलत धारणा रहेको र उनीहरुले समाजमा झन् अपवाह फैलाएको भन्दै यो सचेतनामुलक कार्यक्रम गर्नु परेको समेत अध्यक्ष रायमाझीले बताउनु भयो । 

दामनचेली समाजले माक्स नलगाउनेहरुलाई माक्स समेत वितरण गरेको थियो ।




0 comments

Write Down Your Responses