Powered by Blogger.
थाहामा काँग्रेसका वडा सभापतिहरुको परिचयात्मक कार्यक्रम

 


थाहा (मकवानपुर) ।   बिपि कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस थाहा नगरपालिकाले एक संक्षिप्त परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टी कार्यालय पालुङमा आयोजित कार्यक्रमको संचालन नेपाली कांग्रेस थाहा नगर सदस्य हरिहर केसीले गर्नु भएको थियो । थाहा नगर सभापाती योगेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा मकवानपुर जिल्ला सदस्य सुनुमाया भोम्जन , प्रमोद जोशी , महासमिति सदस्य राजेन्द्र बिडारी लगायत १४ औँ अधिवेशनबाट थाहा नगरका १२ वटै वडाबाट निर्वाचित सभापतिहरूको उपस्तिथि रहेको थियो । 

परिचयात्मक कार्यक्रममा आफ्नो परिचय दिंदै थाहा नगर १ का नवनिर्वाचित सभापति रुपचन्द्र गोपालीले  ‘अब थाहा नगरमा हुने नगर सभापतीको लागि पार्टीभित्र कोहि गुटबन्दिमा नलागी सर्वसम्मतले आफ्नो सभापती चुन्न पर्ने’ धारणा राख्नु भएको थियो । 

उहाँको धारणालाई  उपस्थित  अन्य वडाका सभापतिहरुले समेत समर्थन जनाएका थिए ।




0 comments

Write Down Your Responses