Powered by Blogger.
हिमालयका विद्यार्थीहरुलाई भुपुद्धारा सहयोग



मकवानपुर । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै  उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकामा रहेको श्री हिमालय आधारभुत बिद्यालयका भूतपूर्व बिद्यार्थीहरुको एक समुहले आफ्नो बिद्यालयलाई केही शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेका छन् । 

थाहा नगरको वडा नं –६ स्थित लामिडाँडामा रहेको  प्रा.वि तहको सो विद्यालयलाई अहिलेको कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त समुहले माक्स सेनिटाइजर लगायत कापी कलम पेन्सिल लगायात अन्य शैक्षिक सामाग्रीहरु  बिधालयका प्रधानअध्यापिका  रन्जना  रसाइली समक्ष हस्तान्तरण गरेको हो ।

उक्त समुहलाई कार्यक्रम आयोजना गरेकोमा हौसला स्वरुप   सेन्चुरी कमर्सियल बैंक बज्रबाराही शाखाका  प्रबन्धक तथा सोही विद्यालयका भूतपूर्व विधार्थी  राधाकृष्ण लामीछानेले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमको बारेमा जानकारी दिदैँ आफूले पढेको बिद्यालयलाई केही सहयोग गरौँ  र विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप यस्तो सहयोग कार्यक्रम राखेको र अन्य कार्यक्रमहरु समेत निकट भविष्यमा गर्दै जाने उक्त समुहका सदस्य रोजित सिंह ठकुरीले बताउनुभयो । 


0 comments

Write Down Your Responses