Powered by Blogger.
थाहा–१, कुन्छालमा सुविधा सम्पन्न नयाँ होटल भ्यु प्वाइन्ट


टिस्टुङ (कुन्छाल) । उत्तरी मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका  स्थित वडा नं १ कुन्छाल गाउँमा  सुविधा सम्पन्न नयाँ होटेल संचालनमा आएको छ ।  घटस्थापनाको शुभ साईत पारेर एक कार्यक्रम बीच होटेल कुन्छाल भ्यु प्याइन्टको उद्घाटन गरिएको हो । 

कुन्छालका स्थानीय पाँच  दाजुभाई रामप्रकाश गोपाली , सिताराम गोपाली , रामशरण गोपाली , प्रकाश गोपाली र बिजेन्द्र गोपालीको संयुक्त लगानी रहेको उक्त होटेल खोल्नुको उद्देश्य एउटा व्यवसाय गर्नु मात्र नभएर कुन्छाल गाउँलाई देशव्यापी रुपमै चिनाउन समेत यो होटेल संचालन गरिएको संचालक राम प्रकाश गोपाली बताउनु हुन्छ ।


 

नेपाल सरकारले घोषणा गरेको नमुना गाउँ ( मोडल भिलेज )को रुपमा परिचित कुन्छाल  गाँउ यहाँ बनेका एकै रुप र रंगका धेरै पुराना घरहरुको कारण प्रसिद्द छ । 

हुन त यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको लागि  कुन्छाल गाउँमै थुप्रै होम स्टेहरु संचालनमा छन् । तर ती होम स्टेले मात्र यहाँ आउने पर्यटकहरुलाई प्रयाप्त सुबिधा दिन सकेको छैन । 

त्यसलाई समेत मध्यनजर गरेर होटेल कुन्छाल भ्यु प्याइन्ट संचालनमा ल्याइएको अर्का सञ्चालक रामशरण गोपाली बताउनुहुन्छ । 

होटेलमा निर्माणका कामहरु अझै भैरहेको छ । विभिन्न सेमिनार र गोष्ठी संचानल गर्ने मिल्ने र कम्तिमा  पचास जना सम्म  बास बस्न मिल्ने गरि यो होटेल निर्माण गर्न लागिएको भएता पनि अहिले भने पन्ध्र जना सम्म आरामले बस्न सक्ने  गरि तयार भएको बताइन्छ ।  

पछिल्लो समय होटेलहरु महंगिदै गए पनि यो होटेल त्यति महंगो नरहेको  र स्थानियले समेत यसबाट सुबिधा लिन बताइएको छ । 




0 comments

Write Down Your Responses