Powered by Blogger.
थाहा–६ को नारायणी कृषि सामाग्री पसल आफ्नै भवनमा


बज्रबाराही । थाहा नगरपालिका वडा नं ६ स्थित सरस्वती बजारमा रहेको नारायणी कृषि सामाग्री पसल आफ्नै भवनमा सरेको छ । 

घटस्थापनाको  अवसर पारेर पसल आफ्नो भवनमा सारिएको हो । 

बि.सं २०६० सालमा स्थापना भएको उक्त कृषि पसलले साबिकको बज्रबाराही , टिस्टुङ , चित्लाङ मार्खु, सेरा लगायतका स्थानका किसानहरुको लागि सेवा प्रदान गरिरहेको छ ।  

किसानको मर्कालाई मध्यनजर गर्दै प्रोपाइटर रामकृष्ण लामीछानेले तत्काल पैसा नहुने किसानहरुलाई उधारोमा समेत कृषि सामाग्री उपलब्ध गराउने गरेको बताउनुहुन्छ । 

कृषी कर्ममा लाग्न मन भएका तर बीउ बिजन र औषधी लगायतका सामान किन्न नसक्नेहरुलाई  पैसाकै कारण रोकिन नपरोस् भनेर उधारो दिने गरेको समेत उहाँले  बताउनु भयो ।

बिगत १८ बर्ष देखि निरन्तर कृषीजन्य सामाग्रीहरुको ब्यापार गरिरहेको नारायणी कृषि पसलले भव्य उद्घाटन समारोह बिच पसल स्थानान्तरण गरेको हो ।




0 comments

Write Down Your Responses