Powered by Blogger.
भिमफेदी ४ मा भव्य भेला, युवा संघ र वडा कमिटी गठन


 

मकवानपुर । नेकपा (एकिकृत समाजबादी) भिमफेदीले वृहत स्थानियको उपस्थितिमा ४ नम्मर वडा कमिटी गठन गरेको छ ।

 

बुधबार भिमफेदी  गाँउपालिका कमिटिका अध्यक्ष समिर श्रेष्ठको सभाध्यक्ष्तामा भयको  कार्यक्रममा वडा कमिटी घोषण गरिएको हो । 

नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता र त्यस्तै बिसिस् एकिकृत समाजबादी बागमती प्रदेश कमिटिका सचिवालय सदस्य तथा मकवानपुर जिल्ला कमिटी अध्यक्ष श्रीधर पोख्रेल र  जिल्ला कमिटी सचिब बिष्णु दाहालको विशेष आतिथ्यतामा  कार्यक्रम भएको हो ।

 

कार्यक्रममा अतिथिहरु युवासङ्ग नेपाल जिल्ला कमिटी मकवानपुर अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य किरणमान बल, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिबहरी बर्तौला, युवा नेता तथा भिमफेदी पालिका स्तरीय पार्टी कमिटिका सचिब सुनिल गोले लगायतको उपस्थिती रहेको थियो । 

सो कार्यक्रममा प्रमुख अतिथि सिग्देलले मन्तब्यको क्रममा जन आन्दोलन २०६२–६३ मा सरिक नभएकाहरु, आन्दोलनमा साथ नदिई माइन्युट फ्याँकेर हिड्नेहरुले एमाले कब्जा गरेको दावी गर्नुभयो ।

 

उहाँले माधब नेपाल उपप्रधान मन्त्री हुदाँ उहाँकै योजनामा बृद्दाहरुलाई सम्मान स्वरुप वृद्ध भत्ता वितरण गरिने कार्यक्रम सुरु भएको तर त्यस यता हाल एमालेले सोहि योजनालाई भजाएर मागी खाने बाटो बनाएको, एमाले भ्रष्टाचारले गन्हाँउदै दक्षिणपन्थी धारमा गई कम्युनिस्ट आन्दोलन नै बिसर्जन तपÞर्m उन्मुख भयकोले बाध्य भयर बिद्रोह गर्दै कम्युनिस्ट आन्दोलन बचाउन नयाँ पार्टी बनाउनु परेको जिकिर गर्नुभयो ।

 

उहाँले आम इमान्दार कार्यकर्ताको साथ नेकपा एकिकृत समाजवादीलाई रहेको दावी गर्दा कार्यक्रममा उपस्थितले गड्गडाहट ताली बजाउदै ‘हामी साथ दिन्छौ’ भनेका थिए । 

भेलाले ओमबहादुर घलेको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी र मेघराज लामा संयोजक तथा बिकाश पौडेल  सहसंयोजक रहेको ४५ सदस्यीय युवासंघ भिमफेदी पालिका स्तरिय कमिटी गठन गरिएको छ । 


 


0 comments

Write Down Your Responses