Powered by Blogger.
नेकपा एकिकृत समाजवादी थाहा नगर कमिटीमा गोपाली


मकवानपुर । नेकपा एकीकृत समाजबादीको थाहा नगर कमिटी गठन भएको छ ।  बुधबार पालुङ स्थित विकास घरमा भएको भव्य भेलाले नगर स्तरीय कमिटीका साथै युवाहरुको संगठन पनि गठन गरिएको हो । 

 भेलाले थाहामा नेकपा एकिकृत समाजवादीको ६१ सदस्यीय नगर कमिटी र ५१ सदस्यीय युबा कमिटी घोषणा गरिएको हो । 

नवगठित पाटी नगर कमिटीको अध्यक्षमा सानुकाजी गोपाली  रहेका छन् । 

नगर स्तरीय पार्टी कमिटीको सचिवमा हरिवहादुर स्याङ्तान  रहेका छन् । 



५१ सदस्यीय नेकपा एकीकृत समाजबादीको थाहा नगर स्तरीय युवा संघ रहेका छन् । 

प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेलको प्रमुख आतियतामा भएको भेलामा विशेष अिितथिका रुपमा प्रदेश कमिटी सदस्य गौतमवुद्ध लामा र कल्याण विक्रम घलान रहनुभएको थियो । 

त्यसैगरी कार्यक्रममा जिल्ला सचिव विष्णु दाहाल तथा जिल्ला कमिट िसदस्यहरु इश्वरलाल रुम्वा, मधु कार्की, डम्बर लामा, युवा संघका जिल्ला अध्यक्ष किरणमान बल, अर्जुन थापा, नवराज अर्याल, शिवराम केसी, मधुकर कार्की लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य जयराम केसीले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष श्रीधर पोखरेलले दुई तिहाइको बहुमत हुँदा पनि त्यसको भार थाम्न नसक्ने एमाले र ओलिले दम्भ देखाएको नसुहाएको बताउदै  दम्भ आगामी चुनाबमा जनताले तोड्ने बताउनु भयो ।

 नेता पोखरेलले  केपी ओलिले नेतृत्व गरेको एमाले र ओलिले बालुवाटारमा बसेर २ सय  पुँजिपती बर्गलाई एमाले प्रवेश गराइ राज्य लाई तिर्नु पर्ने अर्बौं रुपैयाँको बिजुली महशुल मिनाहा गराउदै जनताको अति आबश्यक नुनलाई पनि दुगडको जिम्मा लगाउदै करोडमा हुने भ्रष्टाचारलाई कानुनै बनाएर अरबौ को नितिगत भ्रष्टचार गरेको आरोप लगाउनु भयो । 



नेता पोखरेलले अब गाउँ गाउँमा गएर एमालेले गरेको कर्तुतलाई आम जनता सामु पुर्याउन कार्यकर्ता लाई निर्देशन दिनु भयो । ओलिलाई राजा बन्ने रहर जागेकोले  उनले नेतृत्व गरेको एमाले अब कम्युनिष्ट नरहेकोले बिचार शून्य भएपछि धार्मिक एजेन्डा बोकेर हिडेको भन्दै पानीको बोत्तल र बिजुलीको पोलमा फोटो टासेर नेता नहुईने बताउनुभयो ।

कार्यक्रमा नेकपा एसका जिल्ला सचिब बिष्णु दाहालले सुर्य चिन्ह पहिला रुपचन्द्र बिस्टको भएको स्मरण गर्दै चुनाब चिन्ह भन्दा बिचारको पछि लाग्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा युबा संघका जिल्ला अध्यक्ष किरणमान बलले रन्जन कोइराला जस्ता अपराधी लाई कठघरामा पुर्याउने युबा थाहा नगरमा रहेकाले एमालेका केही झुन्डहरुले बिकासमा बाधा पु¥याई भ्रम फैलाउने काम गरिरहेकोले त्यस्ता क्रियाकलापको प्रतिबादमा उत्रन आम युबाहरुलाइ आग्रह गर्नु भयो । 

कार्यक्रम सानुकाजी गोपालीको सभाध्यक्षतामा भएको थियो । 




0 comments

Write Down Your Responses