Powered by Blogger.
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देव लिम्बुको सशक्त दावी


काठमाडौ । नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा  युवा नेता देउ प्रसाद लिम्बू (देव लिम्बू)ले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेद्वार घोषणा गरेको छन् ।

 

उम्मेद्वार घोषणा गर्दै गर्दा देउ प्रसाद लिम्बूको हुन भन्ने बिषयमा झापा क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता बीचमा   व्यापक सोधि खोजीको  बिषय बनेको छ ।


को हुन देउ प्रसाद लिम्बू (देव लिम्बू) ?

देउ प्रसाद लिम्बू तत्कालीन नेपाल लोकतान्त्रिक फोरम (बिजय गच्छदार)ले नेतृत्व गरेको  पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरेका थिए भने राजनीति पृष्ठभूमि भने नेपाली काङ्ग्रेस नै भएको देखिन्छ ।

 

२०६९ सालमा काङ्ग्रेस पार्टी परित्याग  गरेर अशोक राईले नेतृत्व गरेको संघीय समाजवादीबाट २०७० सालको सविधानसभा चुनावमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उमेदवार भए भने त्यसपछि मधेसवादीसँग अशोक राईले पार्टी एकता गरेपछि बाबुराम भट्टराईको नेतृत्वको पार्टीमा प्रवेश गरे ।

 

देउ प्रसाद लिम्बूले बाबुराम भट्टराई सँग फरक मत राखेका थिए । बाबुराम भट्टराई भारतीय नाकाबन्दीको पक्षमा थिए भने देउ प्रसाद लिम्बू (देव लिम्बू)ले भारतीय नाकाबन्दीको विपक्षमा  थिए ।

पार्टी जाति भन्दा माथि मेरो देश नेपाल भन्ने देउ प्रसाद लिम्बू (देव लिम्बू)ले एक्कासी बाबुराम भट्टराईको पार्टी परित्याग गरेर बिजय कुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा दलबल सहित प्रवेश गरे ।

 

त्यसपछि तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपाली काङ्ग्रेस सँग पार्टी एकता भएपछि समायोजनमा महासमिति सदस्ययमा मनोनीत भएका थिए । बाबुराम भट्टराईलाई चुनौती दिने देउ प्रसाद लिम्बू (देव लिम्बू ) धेरै समय राजनीतिमा गुमनाम रहेपनि काङ्ग्रेस भित्र सक्रिय रहेको देखिन्छ ।

 

अहिले झापा क्षेत्र नम्बर ३ मा राजनीतिमा धेरै  चुनौती देखिन्छ ,लिम्बूलाई अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन फेस गर्नु  धेरै असहज भएको पनि देखिन्छ ।


लिम्बू सँग हामीले फोन सम्पर्क गर्दा लिम्बूको भनाइ यस्तो थियो, ‘म कुनै गुट उपगुटमा छैन । ’ म कुनै एक गुट उपगुटको नेता होइन, काङ्ग्रेसको नेता हुन चाहन्छु भन्ने भनाइ थियोे । के तपाईंले महाधिवेशन जित्नु हुन्छ भनेर प्रश्न गर्दा लिम्बूले भने ‘म कुनै गुट उपगुटको नभएकोले मेरो जित निश्चित छ । ’ 

लिम्बूले भने ‘काङ्ग्रेसका नेताकार्यकर्ता समय अनुसार चल्छन्, लोकतन्त्रमा विश्वास गर्छन्  । मेरो हार नै भएपनि फेरि आउदो महाधिवेशन सम्म संघर्ष गर्नेछु ।  मैले हारेपनि पार्टी र  देशले जित्नु प¥यो । 


 


0 comments

Write Down Your Responses