Powered by Blogger.
विश्वक्रान्ति सिंहलाई मकवानपुरे समाजको पहिलो आजिवन सदस्यता


काठमाडौं । मकवानपुर जिल्ला घर भई काठमाडौंमा बसोवास गर्ने मकवानपुरेहरुको साझा संस्था मकवानपुरे समाज काठमाडौंले हेटौंडा उपमहानगरपालिका–४ हाल काठमाडौं निवासी बिश्वक्रान्ति सिंहलाई मकवानपुरे समाजको पहिलो आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेश तरुण दलका क्षेत्रीय सभापती तथा लोकता‘न्त्रिक खेलकुद प्रदेश सदस्य संजय श्रेष्ठ ,नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का खेलकुद महासंघका केन्द्रिय सदस्य तथा युवा संघ जिल्ला उपाध्यक्ष शफल (दुर्गा नारायण)अधिकारीका साथै मकवानपुरेहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रम स्वयम्भु स्थित होटल नयनमा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष अरुणकुमार गुरुङले समाजको सदस्यता प्रदान गर्नुभएको थियो । 




0 comments

Write Down Your Responses