Powered by Blogger.
कम्युनिष्ट आन्दोलन क्षतिपूर्ति गर्न पार्टी पुर्नगठन गरेको मन्त्री खतिवडाको भनाई



मकवानपुर । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताउनुभयो ।

थाहा नगरपालिका स्थित वडा नं ११ र १२ मा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई  पूर्ति गर्न आफुहरुले पार्टी पुर्नगठनको कदम चालेको स्पष्ट गर्नुभयो । 

 मन्त्री खतिवडाले अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धीलाई ब्यक्तिबादले सक्काउन खोजेको आरोप लगाउनुभयो । मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउदै स्टक रहेको खोप नागरिकलाई लगाउनका लागि स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँटोल पुगेर भएपनी प्रत्येक नागरिकलाइ खोप लगाउने प्रतिवद्धता जनाउनुभयो । 



उहाँले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो । 

कार्यक्रममा पोलिट्व्युरो सदस्य दिलकुमारी पन्त,  बाग्मती प्रदेश सदस्य गौतमवुद्ध लामा, जिल्ला सचिवालय सदस्य इश्वरलाल रुम्बा, डम्बर लामा, माधव तिमल्सीना, किरणमान बल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

 भेलाले थाहा ११ मा सेतो गोलेको अध्यक्षतामा ३७ सदस्यीय कमिटी तथा सुदर्शन शिकारीको अध्यक्षतामा २७ सदस्यीय युवा संघ तथा थाहा १२ मा लिलाबहादुर आलेमगरको अध्यक्षतामा २७ सदस्यीय तथा कमिटी तथा सोम गोलेको अध्यक्षतामा २१ सदस्यीय युवासंघ गठन गरिएको छ । 



0 comments

Write Down Your Responses