Powered by Blogger.
सुनिताको ‘भाग्य भित्र जीवन’


काठमाडौं  । चर्चित नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । 

उनको कोरियोग्राफी रहेको  ‘भाग्य भित्र जीवन’ बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । 

युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’ बोलको गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् । 

समसामयिक अति मर्मस्पर्धी गीतले नेपाली एकल नारीको भाग्य कस्तो हुन्छ भन्ने कुरा चित्रित गरेको छ ।  ‘भाग्य भित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय गरेका छन् । 

कोरियोग्राफर सुनिता बस्नेत, श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की,   मिक्सिङ दिनेश राजबहाक,  स्टुडियो द पिक, निर्देशन रामजी लामिछानेकोे रहेको छ ।


0 comments

Write Down Your Responses