Powered by Blogger.
थाहा –६ ढल्टमा टिस्टुङ रिर्सोटको औपचारिक उद्घाटन


 

मकवानपुर । थाहा नगरपालिका वडा नः ६  ढल्टमा  नयाँ रिसोर्ट संचालनमा आएको छ । थाहा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने  उदेश्यले रिसोर्ट खोलिएको सञ्चालकहरुले बताएका छन् । 

स्थानीयको सामुहिक  लगानीमा शेयर संकलन गरी वृहत योजनाका साथ संचालनमा आएको टिस्टुङ्ग रिसोर्ट प्रालि को शनिवार भव्य कार्यक्रमको बीच  उद्घाटन गरिएको छ । 

टिस्टुङ्ग रिसोर्ट संचालन समितिका अध्यक्ष विनोद महर्जन सभापतित्वमा कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथी थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले रिबन काट्नुका साथै पानसमा बत्ति बालेर रिर्सोट औपचारिक सञ्चालनको शुभारम्भ गर्नुभएको थियो  । 

कार्यक्रममा थाहा नगरपालिका वडा न ः ६ का अध्यक्ष शशिधर सुवेदी , वडा नः ५ का अध्यक्ष  विष्णु गुरुङ , नेकपा माओवादी केन्द्र, थाहा नगरका  अध्यक्ष अरुण रायमाझी लगायतका महानुभावहरुको आतिथ्यता रहेको थियो भने स्थानिय समुदायको समेत बाक्लो उपस्थिती रहेको थियो ।


 

टिस्टुङ्ग रिसोर्ट प्रा.लि का संचालक समिती सदस्य सन्तकुमार महर्जनले संचालन  गर्नुभएको सो कार्यक्रमा हरिगोपाल श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । 

शुभकामना मन्तव्य दिने क्रममा वडा अध्यक्ष शशिधर सुवेदीले रिसोर्ट संचालन आएकोमा खुसी व्यक्त गर्दै रिसोर्टले बाहिरी र बिदेशी सामानहरुलाई भन्दा स्थानिय स्तरमा उत्पादित खाध्य सामाग्रीहरुको प्रयोग गरेर स्थानिय उत्पादनमा टेवा दिनु पर्ने र स्थानिय युवाहरुलाई पनि रोजगारीमा लगाउन पर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी बिष्ट र अरुण रायमाझीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । रमणीय दृष्यावलोकनका साथ प्राकृतिक शुन्दरताले भरिपुर्ण यो स्थानले छिट्टै पर्यटकको विश्वास जित्ने सञ्चालक समितिले आशा राखेको अध्यक्ष महर्जनले बताए । 


 


0 comments

Write Down Your Responses