Powered by Blogger.
किसान महासंघ देशव्यापी अभियानमा


काठमाडौं । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय समितिको  विस्तारित बैठक नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यता, तथा पार्टी स्थायी कमिटी सदस्य र अखिल नेपाल किसान महासंघका राष्ट्रिय अध्यक्ष बलराम बाँस्कोटा र महासंघको महासचिव र पार्टी केन्द्रीय सदस्य प्रमेश पोखरेलको विशेष आतिथ्यता तथा महासंघ राष्ट्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज निर्मल सुवेदीको अध्यक्षतामा शनिबार दाङको भालुवाङमा आयोजना गरि सम्पन्न गरिएको छ ।  

केही साता यता किसान महासंघ देशव्यापी अभियान र सांगठानिक पुर्नगठनको योजना सहित विभिन्न जिल्लामा पुगेको छ । 

बैठकमा कृषि सम्वन्धी विविध  विषयवस्तुहरुमा छलफल गरि लुम्बिनी प्रदेशको कृषि क्रान्ति सशक्त ढंगबाट अगाडि बढाउन सुनीता भुसालको अध्यक्षतामा १०१ सदस्यीय प्रदेश समिति तथा महासंघको महत्त्वपूर्ण   घटक संघ युवा किसान संघको प्रदेश कमिटीको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । 

दाङ जिल्ला पार्टी अध्यक्ष सुरामणी बेलवासी, महासंघ राष्ट्रिय महासचिव प्रमेश पोखरेल विशेष अतिथि बलराम बाँस्कोटा, प्रमुख अतिथि भागवत वेलवासी लगायतले नवगठित  महासंघ तथा युवा किसान संघका पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो महत्त्वपूर्ण भनाइ सहित बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ भने कार्यक्रममा अध्यक्ष बलराम बाँस्कोटा र  महासचिव प्रमेश पोखरेलले कार्यक्रममा महासंघको राजनीतिक तथा सांगठनिक कार्यक्रमको बारेमा निर्देशनात्मक प्रस्तुतिकरण गर्नु भएको छ । 

अत्यन्तै सौहाद्र  र उत्साहजनक वातावरणमा सम्पन्न गरिएको कार्यक्रममा किसानका तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्न महासंघको नेतृत्वले ध्यान दिनुपर्ने बारे ध्यानाकर्षण भएको छ ।




0 comments

Write Down Your Responses