Powered by Blogger.
इन्द्रसरोवर ४ मा एकिकृत समाजवादीको वडा स्तरीय भेला सम्पन्न

 


मकवानपुर । नेकपा एकिकृत समाजवादी इन्द्रसरोवर गाँउपालिका अन्तर्गत वडा नं ४ स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिबार भएको कार्यकर्ता भेलाबाट वडा स्तरीय पार्टी कमिटी र युवा संघ गठन गरिएको छ ।

नेकपा एकिकृत समाजवादीका जिल्ला उप सचिव तथा इन्द्रसरोवर गाउपालिका इन्चार्ज जीवन लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला कमिटी सदस्य तथा इन्दसरोवर गाउपालिका कमिटी उपाध्यक्ष प्रेम पाख्रिन(राजेश) ले स्वागत मन्तव्य राख्नुभएको थियो  । कार्यक्रमा जिल्ला सचिवालय सदस्य तथा इन्द्रसरोवर गाउपालिका कमिटी अध्यक्ष कुन्साङ्ग लामा, जिल्ला सचिबालय सदस्य तथा इन्द्रसरोवर गाउपालिका कमिटी सचिब धनराज महर्जन लगायत अन्य अतिथीहरुले  मन्तव्य राख्नु भएको थियो ।


इन्द्रसरोवर  गाँउपालिका कमिटीका अध्यक्ष  कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उमेश बस्नेतले गर्नुभएको थियो । भेलाले धनेन्द्र लामाको अध्यक्षतामा ३५ सदस्यीय  पार्टी वडा कमिटी र बिक्रम लामाको अध्यक्षतामा २५ सदस्यीय  युवा संघ वडा कमिटी कमिटी गठन गरेको छ ।

नवनिर्वाचित कमिटीका सदस्यहरुलाई जिल्ला उपसचिब एवम् गाउपालिका इन्चार्ज जीवन लामाले शपथ ग्रहण गराउनुभएको थियो भने जिल्ला सचिवालय सदय एवम इन्द्रसरोवर गाउपालिका कमिटी अध्यक्ष कुन्साङ्ग लामाले टिका लगाइदिनु भएको थियो ।

1 comments

Online casino gaming - Kadangpintar
Online casino deccasino gaming · Online 인카지노 casino gaming. In the gambling business, 온카지노 many are looking for a new way to enjoy a better life.

Write Down Your Responses