Powered by Blogger.
एकिकृत समाजवादीको वडामा अष्ट, युवासंघमा बिनोद



मकवानपुर । नेकपा एकीकृत समाजबादी थाहा नगर कमिटीले थाहा नगरपालिका वडा नं ५ को वडा कमिटी तथा युवा संघको कमिटी गठन गरेको छ ।

 सोमबार नगर कमिटीका अध्यक्ष सानुकाजी गोपालीको अध्यक्षतामा सम्पन्न वडा कमिटी गठन कार्यक्रममा नेकपा एसका केन्द्रिय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा, युवा संघ जिल्ला अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य किरणमान बल लगायतको उपस्थिति रहेको थियो । 

भेलाले अष्ट लामाको अध्यक्षता मा २९ सदस्यीय पार्टी वडा कमिटी तथा बिनोद रुम्बाको अध्यक्षता मा १५ सदस्यीय युवा संघ ५ न वडा कमिटी गठन गरेको हो । 





0 comments

Write Down Your Responses