Powered by Blogger.
एकीकृत समाजवादीको इन्द्रसरोवर–३ मा भव्य भेला


मकवानपुर । नेकपा एकीकृत समाजवादीको इन्द्रसरोवर ३ नम्बर वडा भेलाले वडा कमिटी गठन गरेको छ ।

 नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भेला आयोजना गरी संगठन विस्तार गरिएको हो । 

भेलाले बिशाल गोलेको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरिएको छ । 

भेलाले उपाध्यक्षमा पुर्णलाल मोक्तान, सचिव सुजन बजु, सहसचिव मानबहादुर मोक्तानलाई चयन गरिएको छ ।

 भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव जीवन लामा, नेकपा एकीकृत समाजवादीका युवा संघ जिल्ला अध्यक्ष किरण बल, नेकपा एकीकृत समाजवादी इन्द्रसरोवर कमिटी सचिव धनराज महर्जन, अनेम संघ जिल्ला कमिटी सदस्य मन्जु रुम्बालगायतले मन्तव्य राखेका थिए ।

 इन्द्रसरोवर गाउँपालिका कमिटी अध्यक्ष कुन्साङ लामाले कार्यक्रमको समापन गरेका थिए । 

कार्यक्रममा नवनिर्वाचित कमिटीका सदस्यहरुलाई पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खतिवडाले शपथ गराउनुभएको थियो । 




0 comments

Write Down Your Responses