Powered by Blogger.
मकवानपुरे समाजले ग¥यो चियापान, भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम


काठमाडौं । मकवानपुरे समाज काठमाडौंले नयाँ वर्ष २०७९ को अवसरमा चियापान, भेटघाट तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । 

शनिबार समाजले काठमाडौंमा रहेका मकवानपुर जिल्लाका विभिन्न व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता, संविधानसभा सदस्य, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पुर्व सभापति एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारी प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बिडारीले मुलुकको राजनीति ठिक भयो भने सबै नीति ठिक हुने भन्दै आसन्न स्थानीय तहको निर्वाचननमा आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आग्रह गर्नुभयो । ‘स्थानीय चुनाव यो परिवर्तित व्यवस्थापछि बनेको जग हो, जग बलियो भयो भने घर बलियो हुन्छ, त्यसैले यो चुनावमा जग बलियो बनाउन सबैजना लाग्नुहोला । ’–वरिष्ठ अधिवक्ता बिडारीले भन्नुभयो । 



उहाँले चुनावमा जनताले न्याय गर्नुपर्ने अन्यथा धतुरोको विरुवा रोपेर अम्बाको फलको अपेक्षा गर्नु जस्तै पछि पछुताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत गरारउनुभयो । मकवानपुरे समाजले विभिन्न सामाजिक कार्यहरुका तिव्रता दिएको भन्दै उहाँले अध्यक्ष अरुण गुरु लगायतका टिमको प्रशंसा समेत गर्नुभयो । 

कार्यक्रममा राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी जयराम लामिछानेले समाजले गर्दै आएको कार्यको उच्च प्रशंशा गर्दै समाजसंग आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको धारणा राख्नुभयो । उहााले रु. ५ हजार शुल्क तिरेर समाजको आजीवन सदस्यता समेत ग्रहण गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार एवं दामन पोष्टका सम्पादक शन्तराम बिडारीले मञ्च साँच्चै नै आम मकवानपुरेहरुको साझा चौतारी रहेको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ संगितकार लक्ष्मण बिडारी शेष, वरिष्ठ समाजसेवी डा, अंगुर कार्की, कार्यक्रम संयोजक जीवन बस्नेत लगायतले नयाँ वर्ष २०७९ को शुभकामना व्यत्तः गर्दै सम्पुर्ण मकवानपुरे एकजुट भएर सामाजिक काममा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभएको थियो । 



समाजका अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सिटीइभीटी पुर्व सदस्यसचिव, वुद्धिजीवी डा. रामहरि लामिछाने, समाजका कानुनी सल्लाहकार  अधिवक्ता हेममणी सुबेदी, निर्माण व्यवसायी तथा समाजसेवी बिश्वक्रान्ती सिं (बावु) , प्यवसनका केन्द्रीय उपाध्यक्ष आशिस श्रेष्ठ ,नेपाल राष्ट्रिय व्यवसायी महासंघको केन्द्रिय सह–सचिव नारायण न्यौपाने , नेपाल संगितकार संघका पुर्व अध्यक्ष लक्ष्मक्ष शेष, सल्लाकार नरेन्द्र श्रेष्ठ , श्याम महत, रबिन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो । 

कार्यक्रममा जयराम लामीछानेका साथै राम प्रसाद कंडेल, नारायण न्यौपाने, उदय भण्डारी लगायतले समाजको आजीवन सदस्यता ग्रहण गर्दै आगामी दिनमा पनि समाजलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 




0 comments

Write Down Your Responses