Powered by Blogger.
भीमफेदीमा पराजित मानसिकताको डरले फैलाएको हल्लाको पछि नलाग्न आग्रह



मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरिएको भनेर प्रचार भएका भिमफेदी गाँउपालिकाका स्थायी बासिन्दा देवलाल गोले आफु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठवन्धनकै उमेद्वार जिताउन लागिपर्ने भन्दै विपक्षीहरुले फैलाएको भ्रममा नपर्न आग्रह गरेका हुन् । 

बु्धबार एक वक्तव्य जारी गर्दै गोलेले आफ्नो किर्ते दस्तखत सहित चुनावी प्रपोगान्डा गरिएको आरोप लगाए ।

 उनले वक्तव्यमा भनेका छन्,‘भिमफेदीमा रहेका एमाले पार्टीका उमेद्वारहरुले आफुलाई निर्वाचनमुखी फाइदाको लागि मेरो फोटो र किर्ते कागजात सहित विभिन्न मिडीया तथा सामाजिक सञ्जालमा गलत प्रचारप्रसार भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ, यस विषयमा म खेद प्रकट गर्दछु । ’

उनले अगाडि भनेका छन्, ‘मेरो आस्था र विश्वास बमोजिम समाजमा अग्रगामी परिवर्तन गर्न सक्ने दल नेकपा एकिकृत समाजवादी नै हो । ’

उनले आफुले  अनुसासन र आचारसंहितामा रही पार्टीको पक्षमा काम गरिरहेको र आगामी चुनावमा भिमफेदीमा प्रभाव गुम्ने त्रासले विपक्षीहरु यस्तो हल्लामा लागेको प्रष्ट पारे । 

उनले सबै मतदातालाई गठवन्धनका उमेद्वारलाई जिताउन आग्रह समेत गरे । 




0 comments

Write Down Your Responses