Powered by Blogger.
थाहा–१ मा माओवादीका गोपाली प्यानलै सहित विजयी


पालुङ । थाहा नगरपालिका १ नं. वडामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ  । 

स्थानीय निवार्चन २०७९ को पहिलो मत गणना गरिएको थाहा १ मा माओवादी केन्द्रको प्यानलनै विजयी भएको हो । गोपाली कुल ८ सय ६३ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ७५ मत प्राप्त गरेका छन् ।  

कांग्रेसका रुपचन्द्र गोपालीले ३५८मत प्राप्त गरेका छन् । थाहा नगरको १ नं. वडामा माओवादी ०७४ को स्थानिय निर्वाचनमा पनि विजयी भएको  थियो । 

यो निर्वाचनमा पनि प्यानलनै निर्वाचित भएको हो । वडा अध्यक्ष गोपालीले ५ वर्षमा अपुरा रहेका काम पुरा गर्न जनताले सुम्पेको अविभारा यो ५ वर्षमा पुरा गर्ने र समृद्ध थाहा नगर बनाउन पार्टीले लिएको अभियान सफल पार्ने बताए । 

 थाहा १ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका सरोज प्रधान र सुवर्ण गोपाली  महिला सदस्यमा अनिता बल र दलित महिला सदस्य पार्वती सुनार विजयी भएका छन्


0 comments

Write Down Your Responses