Powered by Blogger.
८० विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण


मकवानपुर । थाहा नगरपालिका वडा न. ९ स्थायी निवासी तथा महालक्ष्मी प्रा बि बाट आफ्नो प्राथमिक तहको अध्ययन पुरा गरेका ईन्जिनियर सजन श्रेष्ठद्वारा आफ्ना पिता पुष्पदास श्रेष्ठका हातबाट एक कार्यक्रमका बीच आफ्नो प्राथमिक तहको अध्ययन पुरा गरेको बिद्यालयमा अध्यायनरत ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । 

उक्त बिद्यालयबाट प्राथमिक तहको अध्ययन समापन गरी अध्ययन सिलसिलामा भारतीय सरकारको पूर्ण छात्रबृतिबाट दक्षिण भारतको नित्ते मीनाक्षी ईन्स्टिच्युट अफ टेक्नोलोजी इन एरोनोटिक ईन्जिनियरिङ मा स्नातक पूरा गरेका श्रेष्ठले पुनः भारतीय सरकारको पूर्ण छात्रबृती मै छनौट भै मुम्बईबाट स्नाकोत्तर पुरा गरेका हुन् । 


समारोहमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन बलामी, प्रधानाध्यापक उषा श्रेष्ठ एवं शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गर्दै बुबा पुष्पदास श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नु भयो भने श्रेष्ठले राम्रोसंग अध्ययन गर्दै असल नागरिक बन्नलाई उत्प्रेरित गर्नुभयो । 

ब्यवस्थापान समितिका अध्यक्ष राजन बलामी तथा प्रधानअध्यापक उशा श्रेष्ठले बिद्यालयका तर्फबाट ईन्जिनियर सजन श्रेष्ठको उज्ज्वल भबिश्य को कामना सहित श्रेष्ठ परिवारलाई धन्याबाद ज्ञापन गर्दै यस प्रकारका सहयोग भूपू विद्यार्थीहरुले गरिरहेमा बिद्यालयबाट गुणस्तरीय शिक्षा दिइ राष्ट्रको सक्षम कर्णधार तयार गरिने बताउनु भयो ।




0 comments

Write Down Your Responses