Powered by Blogger.
आयोजना अघि सार्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा मन्त्री चौधरीको जोड



काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सन्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । 

सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ ।  

आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सन्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा राखेका थिए । 

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।


0 comments

Write Down Your Responses