Powered by Blogger.
रत्न राज्यलक्ष्मी क्याम्पसको ६२ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको ६२ औं वार्षिक उत्सव त्रि.वि.का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । 

शनिबार सम्पन्न कार्यक्रमको अध्यक्षता रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले गर्नु भएको थियो भने कार्यक्रमका विशेष अतिथि त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा.कुशुम शाक्य रहनु भएको थियो । 

कार्यक्रमका अन्य अतिथीहरुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक चिरञ्जिवी खनाल, रत्न राज्यलक्ष्मी क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, गोपालचन्द्र पोखरेल, प्रा.डा. रुद्रप्रसाद पौडेल, डा. निर्मला कुमारी सुवाल, छिमेकी क्याम्पस वाल्मिकी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. भागवत ढकाल तथा रत्न राज्यलक्ष्मी क्याम्पस अनुसन्धान तथा शैक्षिक विकास परियोजना व्यवस्थापन समिति आरएमसीका संयोजक सह प्राध्यापक नवराज थापा, काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख, रामप्रसाद सुवेदी, नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति डा. विनोद मञ्जन कार्की, कर्मचारी संघ, रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति राजन जोशी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति तपेन्द्रबहादुर शाही, पुरस्कारदाताका तर्फबाट डा. बिनुबाबा अर्याल, डा. निर्मला कुमारी सुवाल एबम रत्न राज्यलक्ष्मी क्याम्पसमा क्रीयाशिल विभिन्न वैचारिक समूहको प्रतिनिधित्व गर्नुहुने प्राध्यापक संगठन तथा विद्यार्थी संघ संगठनका प्रतिनिधीहरु रहनु भएको थियो ।



कार्यक्रमका प्रमुख अतिथी उपकुलपति बास्कोटाले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । साथै क्याम्पसले अनुसन्धान तथा शैक्षिक विकास परियोजना व्यवस्थापन समिति आरएमसीबाट प्रकाशित हुँदै आएको ह्युमानिटीज एन्ड सोसीयल साइन्स वर्ष १३, अंक २ को विमोचन प्रोजेक्टर मार्फत गर्नुभयो ।

सन्ध्याकालिन सत्रका सहायक क्याम्पस प्रमुख प्रमिला बिडारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यद्वारा विहानी सत्रका सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

 वार्षिक दिवसकै अवसरमा विभिन्न विधामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा लामो समयसम्म क्याम्पसमा क्रियाशिल रही उत्कृष्ट सेवा गर्नुहुने शिक्षक कर्मचारीलाई सम्मान प्रदान गरिएको थियो ।

 उक्त सम्मान तथा पुरस्कार वितरणको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण प्रमुख देवी घिमिरेले गर्नुभएको थियो । साथै कार्यक्रमलाई व्यवस्थीत बनाउन सहयोग गर्नुहुने तथा कार्यक्रमका सहभागीलाई दिवा समूहका सहायक क्याम्पस प्रमुख राम बहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुु भएको थियो ।




0 comments

Write Down Your Responses