Powered by Blogger.
कथाकार आचार्यको कथाकृति ‘आदिबिम्ब’ माथिअन्तरक्रिया


काठमाडौं । कथाकार रामकृष्ण आचार्यको कथाकृति ‘आदिबिम्ब’ माथि अन्तरक्रिया सम्पन्न भएको छ । 

साउन १९ गते विहिवार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यालय अनामनगरमा कथासङ्ग्रह ’आदिबिम्ब’ राउटेबस्तीका कथा माथि छोटो मीठो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा.जगत्प्रसाद उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो ।

 नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरी विशिष्ट अतिथि रहनुभएको थियो । त्यस्तै प्रा.डा.रामचन्द्र लम्साल र डा.हरिप्रसाद सिलवाल अतिथि रहनुभएको थियो । 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा कार्यक्रमका सभापति रहनुभएको थियो । कार्यक्रम कवि वैरागी जेठाले सञ्चालन गर्नुभएको थियो। उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिले कथासङ्ग्रह माथि आफ्नो धारणा राख्नुभएको थियो। 

कथासङ्ग्रह नवीन भएको, राउटे जीवनको यथार्थ चित्रण गरिएको कुरा सहभागीहरुले बताउनुभएको थियो । दैलेखको लम्जी गाँउ , तिदुगैरानिवासी रामकृष्ण आचार्यद्वारा राउटे जीवनमाथि केन्द्रित भएर लेखिएको ’आदिबिम्ब’ नामक कथासङ्ग्रह सामाजिक कथावस्तु समेटिएको महत्वपुर्ण संग्रह भएको अतिथिहरुको भनाई थियो । 

राउटे जीवनलाई विषय बनाएर  सर्वप्रथम आख्यानात्मक कृति लेखेकोमा प्रमुख अतिथि उपाध्यायले लेखकलाई हार्दिक बधाई दिनुभएको छ । 

उहाँले भन्नुभयो, ‘ लेखक आचार्यलाई उत्तरोत्तर सशक्त सृजनाका लागि  शुभकामना पनि  । सुन्दर कार्यक्रम आयोजनाका लागि स्रष्टा वैरागी जेठा र नेपाल पत्रकार महासङ्घ, उपत्यका समितिलाई हार्दिक धन्यवाद । ’





0 comments

Write Down Your Responses