Powered by Blogger.
थानकोट चन्द्रागिरि सडक स्तरोन्नति गर्न बजेट छुट्याउने प्रतिवद्धता



काठमाडौं । थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् । 

मंगलबार थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिसंगको छलफलका क्रममा भौतिक पुर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् ।

भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिब गोपालप्रसाद सिग्देल र सडक बिभागका महानिर्देशक अर्जुनजंग थापा सहितको छलफलमा सडक बिभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् ।

थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक भएको बताउनुभयो । उहाँले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने बताउनु भयो । 

थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाको संयुक्त बैठकले यसै आर्थिक बर्षमा थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयास र सहयोग गर्ने निर्णय गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताउनुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको ब्यवस्था गर्ने, ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिश गर्ने बताउनुभयो ।


अर्थमन्त्री शर्माले भौतिक पुर्बाधार बिकास मन्त्रालयबाट आएको योजनामा बजेट बिनियोजन गर्न आफु सकारात्मक भएको बताउनुभयो । अर्थमन्त्रीले बजेट भाषणमै चन्द्रागिरिबाट चितवन जोड्ने द्रुत मार्गको निर्माण गर्ने उल्लेख गरेका छन् । 


मन्त्रीहरुसंगको छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व सांसद रामनारायण बिडारी, बिष्णुहरी ढकाल (जंगली), नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो । 

छलफलमा त्रिभुवन राजपथको धादिङ नौबिसे सडक खण्ड जिर्ण भएकोले सो सडकको मर्मत गर्नको लागि समेत अनुरोध गरिएको छलफलमा सहभागि माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

– राजकुमार के.सी.


0 comments

Write Down Your Responses