Powered by Blogger.
कम्युनिष्ट आन्दोलनमा आत्मकेन्द्रित व्यक्तिवाद देखियोः महासचिव डा भुसाल



काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का महासचिव डा. वेदुराम भुसालले समानता सहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताउनु भएको छ । 

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा प्रमुख अतिथिको हैसीयतले सम्बोधनको क्रममा उहाँले सो कुरा  बताउनु भएको हो । 

महासचिव भुसालले अझै पनि समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक लगायतका विद्यमान विभेदको अन्त्यको लागि लड्नु पर्ने अवस्था भएको बताउनु भयो । 

उहाँले नागरिकका राजनैतिक अधिकारका अलावा आर्थिक सामाजिक सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने ध्येयले माक्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिनुभयो । 

उहाँले संविधान र लोकतन्त्रको  रक्षाको निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणको लागी आफूहरू निरन्तर क्रियाशिल रहेको बताउनु भयो । 

नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेको  विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको समेत उहाँले बताउनु भयो ।


0 comments

Write Down Your Responses