Powered by Blogger.
महाकाली–मेची युवा जागरण कर्णालीबाट लुम्बिनी प्रदेशमा प्रवेश


सुर्खेत । युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुरमा प्रवेश गरेको छ ।

शनिबार विहान सुुर्खेतमा मोटरसाईकल ¥यालीका साथ शुरु भएको महाकाली–मेची अभियानअन्तर्गत कोणसभा सम्पन्न भयो ।

सुब्बाकुनादेखि मंगलगडीचोकसम्म मोटरसाईकल ¥याली निकालिएको थियो । ¥यालीलाई कोणसभामा परिणत गर्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिवद्धता जाहेर गरिएको थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता–कार्यकर्ताको साथै युुवा संघको केन्द्रीय टोलीले सम्बोधन गरेको थियो ।

‘राष्ट्र निर्माणमा युुवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको थियो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युुवा संघले जनाएको छ । 

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ । कार्यक्रममा सयौँ कार्यकर्ताको सहभागिता थियो ।

सुर्खेतको कार्यक्रमअघि छिञ्चुमा पर्चा वितरण गरिएको छ ।

सुर्खेतमा ¥याली र कोणसभा सम्पन्न भएपछि उक्त अभियान लुम्बिनी प्रदेश प्रवेश गर्दा कोहलपुरमा युवा संघको स्थानीय नेतृत्वले भव्य स्वागत गरेको थियो ।

स्वागतका क्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश संगठन विभाग प्रमुख अशोक कोइरालासहितले मन्तव्य व्यक्त गरेका थिए  ।


0 comments

Write Down Your Responses