Powered by Blogger.
जुजु पुस्तकालय




बैरागी जेठा

मेरै उमेर भएको 

जनचेतना पुस्ताकालय

रिस्तीझैँ सङ्लीएर बग्न खोज्दै छ

यतिबेला ।


स्पाती लड्दा लड्दै

आफ्नो इतिहासको सङ्गीत बजाउन 

श्यामहरू झैँ उठीरहेछन् 

शेषमणि ,नारायण र राजकृष्णहरू ।


रम्घाको पारिलो बस्तिमा

जुजु उभिन्छ र कोट्ट्याउँछ ,यसलाई

दराई , कुमाल ,दुरा  परियारहरू

गीत गाइरहेछन्

वरपिपलको चौतारीमा

नेवाहरू लाखे नचाइरहेछन् ,धिमे बाजामा

यात्री हेरिरहन्छ

जिताको बार्दलीबाट

भोर्लेटार निकै व्यस्त थियो

समय गन्न ।


यात्रीले जुजुलाई सम्झियो 

मध्यनेपाल पुगेर

कुमालको भान्सामा रमाउँदै

देशेमरुको जुजु सम्झिन्छ ।

एउटा यात्री ।


मादी आफ्नै तालमा थिई

यात्री उस्कै किनारै किनार

बसमा गुडिरह्यो ।


स्याङघाबाट उठिरहेका बाफहरू

न्याय मागिरहे थे

चन्द्रकान्तले बिउँझाएको ठिटो

उनकै बलेनीमा पुस्तक फिँजाउन थाल्छ

गाउँलेहरू हर्ष विभोर ।


0 comments

Write Down Your Responses