Powered by Blogger.
बुद्धिजीवी परिषद काठमाडौंद्धारा विचार गोष्ठी आयोजना


काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले वरिष्ठ अर्थविद्हरुको संहभागितामा नेपालको ‘अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी शनिबार आयोजना ग¥यो ।

कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रको पूर्वअर्थ सचिव गोविन्द नेपाल र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यले टिप्पर्णी गरेका थिए ।

१ सय ५० भन्दा बढी बुद्धिजिविहरु उपस्थिती रहेको उक्त कार्यक्रमलाई नेपाल बुद्धिजीवी परिषद् काठमाडौं शाखाका सहसचिव दयानिधि छत्कुलीको स्वागत मन्तब्यबाट सुरु गरिएको थियो । नेपाल बुद्धिजीवी परिषद् काठमाडौं शाखाका सचिव डा. जेबी प्रधानले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री इश्वर पोखरेल थिए । 

उनले गठबन्धन सरकारले मुलुकमा स्थायित्व र समृद्धि नदिने बताए । उनले मुलुकको राजनीति दुई धु्रवमा विभाजित भएको र समृद्धि र अग्रगामी समूहको नेतृत्व नेकपा एमालेले गर्ने तथा दक्षिणपन्थीको नेतृत्व कांग्रेसले गर्ने बताए ।

नेपाल सरकारका पूर्व सचिव रामसरण पुडसैनीले गठवन्धन सरकारको अर्थतन्त्र क्राइसिस उन्मूख देखिएको बताए । कार्यपत्र प्रस्तुत गर्ने क्रममा पुडासैनीले गठबन्धन बनिसकेपछि नेपालको अर्थतन्त्र सूचकहरु पछिल्लो सरकारको तुलनामा धेरै कमजोर भएको बताए । देशलाई आर्थिक संकटबाठ गुज्रन नदिन अर्थतन्त्रको संरचना परिवर्तन गरि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए ।

त्यसैगरी पोलिटिकल इकोनोमी अफ गठबन्धन सम्बन्धी अर्को कार्यपत्र अर्थबिद प्रा.डा. शिव अधिकारीले प्रस्तुत गरेका थिए । 

अधिकारीले चुनाव पछिको गठबंन्धनले आर्थिक सूचकलाई उठाउन कठिन हुने र एकल सरकार मात्र आर्थिक विकास र सम्बृद्धिका लागि उपयुक्त हुने भन्दै विभिन्न अनुसन्धान र तथ्यलाई प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिजीवी परिषद् काठमाडौं शाखाका अध्यक्ष प्रा.डा. ओम बरालले गरेका थिए ।  कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का कार्यवाहक अध्यक्ष डा. विधान आचार्यले पनि आफ्नो भनाई राखेका थिए । 



0 comments

Write Down Your Responses