Powered by Blogger.
ललितपुर–३ बाट पुर्व डिआइजी ब्रम्हचार्यको माहोल बन्दै



काठमाडौँ ।  ललितपुर–३ बाट  प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सशस्त्र प्रहरीका पूर्व डीआइजी कृष्ण भक्त ब्रम्ह्रचार्यले चुनाव चिन्ह ‘सूर्यमुखी फुल पाएका छन् । 

निर्वाचन आयोगले बुधबार उनलाई चुनाव चिन्ह दिएको हो । लामो समय सुरक्षा सेवामा काम गरेका उनी ललितपुर–३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । 

अनुशासित, निडर, इमान्दार र मिलनसार स्वभावका ब्रम्ह्रचार्य नेपालको सैन्य मामिलाका जानकार समेत हुन् । लामो समय सेना र सशस्त्र प्रहरी बलमा कार्यरत उनले नेपालको राष्ट्रिय सुरक्षा र सैन्य विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् भने ३० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् ।

‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि काम गर्दै आएको छु, उनले भने, मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनका लागि हो ।’ उनीसँगै ललितपुर–३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ७ जना स्वतन्त्र उम्मेद्वारले चुनाव लड्दैछन । 

अहिले आफ्नो पक्षमा माहोल बन्दै गरेको र मतदाताहरु उत्साही भएकाले आफ्नो विजय सुनिश्चित रहेको उनले बताए । 

ललितपुर क्षेत्र ३ मा ब्रम्हाचार्यको उम्मेदवारी किन ? 

–नेपालको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न गतिशील नेतृत्व स्थापना गर्ने ।

–राज्यको दक्ष र शिक्षित जनशक्ति ब्रेन ड्रेनको विकरालरुपमा देखिदै आएको अवस्थामा ललितपुर क्षेत्र नम्वर ३ को दीगो विकासका लागि ललितपुरको प्राकृतिक स्रोतसाधनको प्रयोगको आधारमा ललितपुर क्षेत्र नम्वर ३ निवासी वुवाआमा, दाजुभाई, दिदिवहिनीहरुका लागि नयाँ रोजगारीको योजना निर्माण र अवसर सृजना गरी बेरोजगारी उन्मूलन, कृषिमा आत्म निर्भर वनाउने । 

–नेपालको कृषि भुमिराजनीतिक, संस्थागत भ्रष्ट्राचार, कूटनीतिक बेईमानी र घुसपैठ बन्द गर्ने । 

–सामाजिक, संस्कृति र धार्मिक परम्परा र सद्भावलाई सुदृढ तथा समृद्ध बनाउने ।

– स्थानीय आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य क्षेत्रमा सुधारसहित समान अवसरको विकास गरी सर्वसाधारणको पहुचमा वृद्धि गर्ने ।

– विश्व सम्पदासूचीमा सूचीकृत धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वर्धन र  राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने ।

–रैथाने उधोगहरुको संरक्षण र ललितपुरलाई औद्योगिकीकरण गर्ने । 

–स्वास्थ्य, शिक्षा र वित्त क्षेत्रमा समान अवसरलाई स्थापित गर्ने । 

–वैदेशिक लगानी तथा प्रविधिलाई प्रोत्साहन गर्दै ललितपुर क्षेत्र नम्वर ३ को औधोगिकिकरणको दीर्घकालीन विकासका लागि प्रोत्साहन गर्ने । 

–स्थानिय हस्तकला लगायतका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय वजारिकरण व्यवस्था गर्ने । 

–उद्योग, उत्पादन, व्यापार क्षेत्र लगायतहरुमा लगाईएको तहगत करलाई वन्द गरी एकल कर प्रणालीृकष्लनभि तबह कथकतझे लागू गर्ने । देशका युवा तथा खेलाडीहरुलाई आवश्यक सिपको विकास र  जीवन बीमा व्यवस्थापन गर्दै आत्मनिर्भर वन्न अवसर प्रदान गर्ने । 

–स्थानीय नेवा धर्म, संस्कृति र भाषाको संरक्षण सम्वर्धन गर्ने । 

–विभिन्न स्थानहरुमा रहेको सार्वजनिक जमिनहरुको संरक्षण गरि आवस्यकता अनुसार पार्क, व्यायाम स्थल, स्विमिङ्गपुल, र फल्चाहरु निर्माण गर्ने ।

वुङ्गमती खोकनामा रहेको द्रुत मार्ग आयोजनालाई धर्म, संस्कृति, परम्परा र अस्थित्वलाई जोगाएर आपसी सहमती र सहकार्यमा निर्माण गर्ने ।

–उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भईरहेको अवस्थामा ललितपुरका विभिन्न स्थानहरुमा फोहोर जैवी बिरुवाबाट ईथानोल उत्पादन गरी बजारिकरण गर्ने र फोहोरवाट प्राङ्गरिक मल उत्पादन तथा प्रयोग गर्ने ।

–सिपको आधारमा श्रमको मूल्य निर्धारण गर्ने लिङ्गको आधारमा विभेद उन्मूलन गर्ने । 

–२०७२ पछिको भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई भई कुरुप भग्नावशेषहरुलाई पुनर्निर्माण गर्ने । 

– शिक्षा, स्वास्थ, सडक, पूर्वाधार लगायतका क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप वन्द गर्ने । 

–भ्रष्ट्रचार, कुशासन र अनियमितताको निर्मूल गर्ने । 

–समानुपातिक र प्रदेश प्रणालीको खारेजीका लागि संविधान संशोधनको माग राख्ने र यसका विरुध्दमा खवरदारी गर्ने । 

–ललितपुर क्षेत्र नम्वर ३ मा सुध्द पिउने पानीको अप्रयाप्ततालाई मध्यनजर गर्दै विभिन्न स्थानहरुमा रहेको तर प्रयोगमा विहिन पुराना हिटिहरुलाई संरक्षण, सम्वर्धन, प्रवर्धन र पुनर्निर्माण गरी पुन प्रयोग गर्ने तथा भुमीगत जलस्रोतको उत्खनन गरी सुध्द पिउने पानी उपलव्ध गराउने ।

–सामाजिक संस्कृतिको मौलिकता संरक्षण गर्न सामाजिक नेताहरूलाई विशेष भत्ताको व्यवस्थाको नीति अघि सार्ने 



0 comments

Write Down Your Responses