Powered by Blogger.
म सबैको साझा मान्छे हुँ, जे गरें, जनताका लागि नै गरेंः तेजप्रसाद ढकाल


तेजप्रसाद ढकाल, काठमाडौ क्षेत्र नं.४ प्रदेश सभा (क)

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को ‘क’ बाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार तेजप्रसाद ढकालले यस क्षेत्रका मतदाताले विश्वास गर्ने बताएका छन् ।

उम्मेदवारी दर्ता गराएर मैदानमा उत्रिएपछि उनले आफू एमालेको नेता भए पनि सबै जनताको साझा उम्मेदवार भएको स्पष्ट पारे । ‘चुनावी मैदानमा गएपछि कोही पनि प्रतिस्पर्धी कमजोर छ भन्ने सोच्नु हुँदैन, स्वच्छ प्रतिस्पर्धा गरेर नै निर्वाचन जित्ने हो’ उनले भने ‘नेकपा एमालेप्रति मानिसको विश्वास छ, जुनसकै राम्रो काम पनि एमालेले नै गर्छ भन्ने जनताले बुझेका छन् त्यसैले पनि एमालेलाई मतदान गर्न कोही पनि अलमलमा पर्नुहुन्न भन्ने लाग्छ ।’ 

वि.सं. २०५२ सालदेखि लगातार एमाले राजनीतिमा सक्रीय ढकाल बाल्यकालदेखि नै राजनीति र समाजसेवामा सक्रिय थिए ।

 खोटाङको चम्पादेवी मावि पढ्दादेखि नै कम्युनिष्टको राजनीतिमा संलग्न भएका ढकालले अहिलेसम्म राजनीतिबाट नागरिकको सेवा गर्दै आएको जनाएका छन् । ‘म अलिक फरक प्रकारको मान्छे हुँ, म जहाँ छु, जे गरें त्यो देश र जनताका लागि नै गरें, अब अर्को अवसर आउँदा पनि त्यो मेरो लागिमात्र भनें हुँदैन’ उनले थपे ‘ पार्टीले लिएका नीति, सिद्धान्त र विचारलाई गाउँ गाउँसम्म पुर्याएर यो क्षेत्रमा रहेका अन्य सम्भावनाको खोजी गर्दै सधैं देशको विकास र जनताको हितमा जीवन समर्पण गर्छु ।’

तेह्र वर्ष पार्टीको काठमाडौं जिल्ला कमिटी सदस्य भएका उनले पार्टीको कानुन विभाग अन्तर्गत जिल्लाको कानुन विभागको सदस्य भएर पनि आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीको उपसचिव ढकालले यो क्षेत्रका समस्या र सम्भावनाको बारेमा पनि अध्ययन गरिरहेका छन् । 

‘अरु कोहीकोही कुनै दलको कताकताको जस्तै म पर्यटक उम्मेदवार होइन, आफ्नै क्षेत्र मैतीदेवी बस्ने मलाई यो क्षेत्रको बारेमा थाहा नभएको कुरा केही छैन’ उनले थपे ‘म यही क्षेत्रमा सधैं बस्ने भएकाले मतदाताको लागि पनि म नै उपयुक्त उम्मेदवार हुन्छु भन्ने लाग्छ ।’ 

उनले आफ्नो क्षेत्रमा रहेका पशुपति, गुहेश्वरी, जय वागेश्वरी, नक्साल भगवती, कमलपोखरी, मैतिदेवीलगायतका ऐतिहासिक र धार्मिक स्थलको व्यवस्थापनको विषयलाई प्रमुख मुद्दा बनाएका छन् । ’यो क्षेत्रमा रहेका अधिकांश स्थान र सम्पदाको बेग्लाबेग्लै महत्व र विशेषता रहेकाले त्यसको संरक्षण गर्दै अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन पहल गर्नेछु’ उनले भने ।

काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा यो क्षेत्रमा पर्दछन् । यो क्षेत्रमा जम्मा ३२ हजार ७९५ मतदाता रहेका छन् । वडा १ का ३ वटा मतदान केन्द्रमा ३ हजार ८४६, वडा ७ का ९ वटा मतदान केन्द्रमा १५ हजार ४६, वडा ८ का ३ मतदान केन्द्रमा ५ हजार ६७४ र वडा ३० का ५ मतदान केन्द्रमा ८ हजार २२९ मतदाता रहेका छन् । यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा राजन भट्टराई र प्रदेश ‘ख’ मा जयराम थापा उम्मेदवार रहेका छन् ।


1 comments

The 00 just isn't counted in either group, although, which is something bear in mind of|to focus on|to concentrate to}. Making statements based on opinion; back them up with references or private experience. There are additionally other selection mechanisms that can 다 파벳 우회 주소 be utilized.

Write Down Your Responses