Powered by Blogger.
लेखापढी कानून व्यवसायी एसोसिएसनको २८औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव एक औपचारिक कार्यक्रम गरी देसैभरी मनाएको छ । 

एसोसिएसनको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित एक विशेष समारोहबीच दीप प्रज्वलन गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रमको सभापतित्व एसोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पूर्वअध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेदवार तेजप्रसाद ढकालले गर्नुभएको थियो । 

महासचिव कृष्णप्रसाद दाहाल नवराजका अनुसार प्रदेश, जिल्ला र ईकाइ समितिहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर देशैभर  २८ औं स्थापना दिवस मनाएका छन् । 

२०५२ साल असोज २७ र २८ गते चितवनमा सम्पन्न लेखापढी कानून व्यवसायीहरूको भेलाले एसोसिएसनको औपचारिक स्थापना गरेको थियो । 

यो एसोसिएसनका प्रदेश, जिल्ला, इकाई समितिहरू १२० भन्दा बढी रहेका छन् । एसोसिएसनमा करिब २० हजार लेखापढी ब्यवसायीहरू आवद्ध रहेको महासचिव दाहालले बताउनु भयो ।


   


0 comments

Write Down Your Responses