Powered by Blogger.
गठवन्धनका उमेद्वार जिताउन काठमाडौंमा रहेका मकवानपुरे जुटे


काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतको पाँच दलीय गठवन्धनमा रहेका उमेद्वारहरु जिताउन काठमाडौंमा रहेका मकवानपुरेहरु जुर्मुराएका छन् । 

शनिवार कलंकी स्थित मेघा बैंकटमा आयोजित अन्तर पार्टी संयन्त्रको बैठकले गठवन्धबाट उमेद्वारी दिएका मकवानपुरे उमेद्वार जिताउन सबै शक्ति परिचालित गर्ने निर्णय गरेको छ ।

त्यसका लागि तिहार लगत्तै उमेद्वारहरुकै उपस्थितिमा वृहत भेला काठमाडौंमा आयोजना गरे र मतदाताहरु निर्वाचनका लागि जिल्लामा लैजान विशेष अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ । 

विस्तृत योजना तयार पार्न भने यही सोमबार ७ गते काठमाडौंमा नै उमेद्वाहरु सहितको उपस्थितिमा विशेष तयारी बैठक आयोजना गर्ने बताइएको छ । 

शनिबार बसेको बैठकले नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति, नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समिति र नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्चका सबै पदाधिकारी र सदस्यहरु रहेने गरी निर्वाचन परिचालन संयन्त्र निर्माण गरेको छ । 

माओवादी केन्द्र, केन्द्रीय सम्पर्क समन्वय समिति सदस्य विनोद महर्जनको अध्यक्षतामा भएको भेलामा सबै पार्टीका तर्फबाट प्रतिनिधीत्व भएको थियो । 



कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा वागमती प्रदेश तर्फका समानुपातिक उमेद्वार रामचन्द्र बल, नेकपा एकिकृत समाजवादी, केन्द्रीय प्रचार विभाग सदस्य सन्तोष शर्मा, वागमती प्रदेश कमिटी सदस्य गौतमवुद्ध लामा, सम्पर्क प्रदेश विशेष समिति सदस्य नवराज वस्ती, नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समिति अध्यक्ष उद्धव सापकोटा, विश्वमान श्रेष्ठ, सिताराम अर्याल, नेकपा एकिकृत समाजवादी सम्पर्क मञ्चका सल्लाहकार केशव कार्की, उपसचिव आशिष बल,  नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति उपाध्यक्ष देव श्रेष्ठ, सदस्य अच्युत सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

गठवन्धन संयन्त्रले काठमाडौंमा रहेका मतदाताहरुको पहिचान गरी घर फर्काउन विशेष अभियान चाल्ने र वृहत भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समितिका सचिव जगन्नाथ ढकालले जानकारी दिए । 




0 comments

Write Down Your Responses