Powered by Blogger.
आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा हुने थिएनः महासचिव डा.भुसाल


काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का महासचिव डा. वेदुराम भुसालले आफूहरूले एमालेसँग विद्रोह नगरेको भए संविधान रक्षा नहुने बताउनु भयो । 

शनिबार नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र  नं . १ ले आयोजना गरेको दशैँ तिहार छठ नेपाल सम्वत् लगायतका चाडहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा भुसालले आफूहरुले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलव्धिको रक्षा गरेको बताउनु भयो । 

महासचिव भुसालले अबको चुनाव प्रतिगमन र अग्रगमन विचको टकराव भएको भन्दै जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका खातिर पनि गठबन्धनको जरुरी रहेको बताउनु भयो । 

स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण थुप्रै मत बदर भएको स्मरण गर्दै महासचिव भुसालले त्यस तर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । 

उहाँले आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुढृड गर्न र त्यसका लागि प्रत्यक्ष सहित समानुपातिक तर्फ पार्टीको कलम चुनाव चिन्हमा मतदान गर्न अभिप्रेरित गर्दै गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न  सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।


0 comments

Write Down Your Responses