Powered by Blogger.
‘गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ’



मकवानपुर । नेपाली कांग्रेस थाहा नगर कमिटिको आयोजनामा यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वारहरुसंग अन्तरक्रिया गरेको छ ।   

उमेद्वारसंग नेपाली कांग्रेस थाहा नगर कमिटिका पदाधिकारी, वडा सभापति र स्थानीय निर्वाचनका उम्मेद्वारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबिधानको रक्षा र देशको विकासका लागि गठबन्धन भएको र गठवन्धन प्रति ईमान्दार भएर मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस थाहा नगरका वडा सभापतिहरुले कांग्रेसलाई बिश्वास गर्नुहुन आग्रह गनुभयो । उहाँहरुले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आफुहरु प्रतिबद्ध भएको बताउनुभयो ।

नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनका सन्दर्भमा नेपाली कांग्रेसलाई शंका नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “बाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ ।”


कार्यक्रममा नगर उपसभापति नवराज कार्की, वडा नं. १ का सभापति रुपचन गोपाली, २ का गोकर्ण बरुवाल, ४ का श्रीकृष्ण के.सी, ५ का सन्त बहादुर गुरुङ ६ का कालिचरण अधिकारी, ७ का शिबराज थिङ, १० का कुलचन्द्र अर्याल, ११ का चिन कुमार गोले १२ का उर्बान तामाङ लगागतको उपस्थिति रहेको थियो ।


0 comments

Write Down Your Responses