Powered by Blogger.
थाहाको पर्यटन प्रबद्र्धन गर्न काठमाण्डौंमा फोटो प्रदर्शनी गरिने

 


मकवानपुर, १४ कात्तिक/थाहा नगरका युवा फोटो पत्रकार गणेश विष्टले खिचेका फोटोहरु प्रदर्शनीमा राखिने भएको छ । 

बिष्टले खिचेका थाहा नगरपालिका आसपासका विविध विषय र क्षेत्रका फोटोहरुलाई काठमाडौँको बसन्तपुर डबलीमा तीन दिनसम्म राखेर प्रदर्शन गर्न लागेको हो ।

थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियानको ब्यवस्थापनमा १८, १९ र २० कात्तिकमा फोटो पत्रकार विष्टले खिचेका फोटोहरु प्रदर्शनी गरिने थाहा नगरपालिकाले जनाएको छ ।

प्रसस्तै पर्यटनको सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले बताउनुभयो ।


थाहाको पर्यटन प्रबद्र्धन गर्न  नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटकीय स्रोत र क्षेत्रहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोचका संयोजक यादव जंग रायमाझीले बताउनुभयो ।

प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान, रुची र आवश्यक्ता हेरी त्यसको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।


0 comments

Write Down Your Responses